नेपाली थ्रिलर फिल्म 'पर्पला'को फर्स्ट लुक सार्वजनिक

  
नेपाली थ्रिलर फिल्म 'पर्पला'को फर्स्ट लुक सार्वजनिक

नेपाली थ्रिलर फिल्म ‘पर्पला’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।

अस्ट्रेलियामा निर्माण गरिएको फिल्ममा मनोज अधिकारीको लेखन तथा निर्देशन छ। पुकार गौतम र निखिला बुढाथोकीको मुख्य भूमिका रहेको फिल्मलाई भानुप्रताप ढकालले निर्माण गरेका हुन्।'पर्पला' बेली डान्सर निखिलाको पहिलो फिल्म हो। निखिलासँगै रोजी पन्तले पनि यसै फिल्ममार्फत डेब्यू गर्दै छिन्। 

आरकेएस अस्ट्रेलिया, ओएमजी इन्टरटेन्टमेन्ट र ग्रिन हिल्स इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा अस्ट्रेलियाली छायाकार काश्मीर डिक्सनले छायांकन गरेका हुन् भने सम्पादन सुरेन्द्र पौडेलको हो। यसअघि 'लालटिन' बनाएका भानुप्रतापले अस्ट्रेलियामा बसोबास गरिरहेका नेपाली कलाकार तथा प्राविधिकसँग मिलेर 'पर्पला' निर्माण गरेका हुन्।

 

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय