पुष्पकमल दाहाल 'प्रचण्ड' भारत प्रस्थान

  
पुष्पकमल दाहाल 'प्रचण्ड' भारत प्रस्थान

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' उनकी पत्नी सीता दाहालको उपचारका लागि भारत गएका छन् ।

नेपाल एयरलाइन्सको उडानबाट बिहान ११ बजेर २० मिनेटमा उनीहरु भारतको मुम्बई प्रस्थान गरेका प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । उनीहरुको साथमा छोरीहरू रेणु दाहाल र गंगा दाहाल पनि रहेका सापकोटाले बताए ।

सीता दाहालको उपचार मुम्बईको न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्स्टिच्युटमा हुने बताइएको छ। वंशानुगत पार्किन्सन्स जस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई मुम्बई लगिएको हो ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय