अर्घाखाँचीका सामाजिक अभियान्ता समुह द्वारा १६ बिपन्न परिवारलाई खाधन्न वितरण

  
अर्घाखाँचीका सामाजिक अभियान्ता  समुह द्वारा १६ बिपन्न परिवारलाई खाधन्न वितरण

अर्घाखाँची,जेठ २८।  कोरोना महामारीको कारण जिल्लामा लागेको निषेधाज्ञाले गर्दा खाधान्नको अभावले चुलो निभेका अति बिपन्न गरिब घरपरिवारलाई आज खाधान्न वितरण गरिएको छ।

खाधान्न वितरण बिपिन फार्मेसीका संचालक तथा समाज सेवी सुर्य थापा ,सामाजिक अभियान्ता यूवराज थापा ,समाजसेवी विजय सुनार ,समाज सेवी सागर मरासिनी ,समाजसेवी मनोज पराजुलिको संयुक्त पहलमा पहिलो चरणमा जिल्लाका १६ जना बिपन्न गरिब घरपरिवारलाई ३० - ३० किलोका चामलका बोरा ,२ प्याकेट तेल ,१ प्याकेट नुन समाजसेवी कमला थापा ,आशा घिमिरे ,समाजसेवी तथा पत्रकार गुरुदेव खनाल ,समाजसेवी यूवराज थापाको उपस्थितिमा अर्घा भगवती बिमानस्थलको प्रांगढमा खाधान्न बितरण गरिएको हो।

No description available.

सामाजिक अभियान्ता युवराज थापा ,विजय सुनार ,सागर मरासिनी सुर्य थापा लगायतको टिमले अर्घाखाँचीमा निषेधाज्ञा लागे पछि खाधान्नको अभावका कारण चुली निभेका भएका गरिब मजदुर हरुको घरमा खाधान्न प्रदान गरि चुलो बालिदिने कार्य गर्दै आईरहेको छ।

सामाजिक अभियान्ता यूवराज थापाले  दिएको जानकारी अनुसार आज पहिलो चरणको खाधान्न बिपन्न परिवारलाई वितरण गरिएको र दोश्रो चरणको खाधान्न वितरण पनि पुन: सोहि अर्घाभगवती बिमान स्थलमा गरिने जानकारी दिनुभएको छ। दोश्रो चरणको खाधान्न वितरण २०/३० जना घर परिवारको समुह पुगी सके पछि उपलब्ध गराईने बताउनु भएको छ।

May be an image of one or more people, people sitting, people standing and outdoors

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय