लुम्बिनी प्रदेश सभाको बैठक आज पनि स्थगित

  
लुम्बिनी प्रदेश सभाको बैठक आज पनि स्थगित

बुटवल,भदौ २ । प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेश सभामा सदनको कारबाही अघि बढाउन अवरोध गरेपछि संसद् बैठक स्थगित भएको छ। एमाले सांसदहरुले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि संसद् बैठक भोलि बिहीबार दिउसो १ बजेसम्मका लागि स्थगित भएको हो ।

एमालेले आफूले कारबाही गरेका सांसदहरू अजय शाही र विमला खत्रीलाई पदमुक्त गर्न माग गरेको छ। एमालेले कारबाही गरेका सांसदको विषयमा आएका कागजपत्रका विषयमा अन्य जानकारी पनि आएकाले यसबारे छलफल गरेर अघि बढ्ने सभामुख पूर्णबहादुर घर्तीले बताएका छन्। उनले संसद्को नियमानुसार नै कारबाही अघि बढ्ने बताएका थिए।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय