एमाले कपिलवस्तु जिल्ला अधिवेशन आयाेजक कमिटीको पुर्ण बैठक गोरुसिंगेमा सम्पन्न

  
एमाले कपिलवस्तु जिल्ला अधिवेशन आयाेजक कमिटीको पुर्ण बैठक गोरुसिंगेमा   सम्पन्न

कपिलवस्तु ५ भदौ । नेकपा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज गिरीधारीलाल न्यौपानेले असली कम्युनिष्ट दावि गर्ने प्रचण्ड र स्वघोािष्त क्रान्तिकारी माधव नेपालको नेता शेर वहादुर देउवा भएको बताउनु भएकोछ ।एमाले जिल्ला अधिवेशन आयोजक समितिको गोरुसिंगेमा सम्पन्न पुर्ण बैठकमा बोल्दै न्यौपानेले आफ्नै सरकार ढालेर उहाँहरु कांग्रेसको पुच्छर बनेर सरकारमा गएको बताउनु भयो । बैठकमा सम्वोदन गर्दै उहाले भन्नु भयो साथीहरुले भन्नु हुन्छ प्रतिगमनका बिरुद्ध लडाई गरेर जित्यौ । त्यसो होइन कान्तिकारीको विरुद्ध लडेर प्रतिगमनको बाटो समाएको प्रष्ट छ उहाले भन्नु भयो ।

प्रचण्ड प्रति ईंगित गर्दै उहाले प्रचण्ड जता गए त्यही पार्टी फुटालेर छाड्ने आरोप लगाउनु भयो । उहाँले सुरुमा बाबुराम त्यसपछि बैध, विप्लव लखेटेको बताउँदै उहाँको काम पार्टी बनाउने भन्दा पनी विगार्ने रहेको उल्लेख गर्नु भयो । कांग्रेस उचालेर एमाले लखेटने फेरी एमालेभित्रै उचालेर लखेटने खेलमा सधै लागेको आरोप लगाउनु भयो ।

No description available.

बैठकलाई सम्वोदन गर्दै उहाँले कार्यकर्तालाई निर्वाचनको तयारी गर्न समेत अनुरोध गर्नु भयो । सभालाई सम्बोदन गर्दै एमाले लुम्बिनी प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य लिला गिरीले माधव नेपालले कुर्चीको लागि पार्टी फोडेको आरोप लगाउनु भयो । उहाले भन्नु भयो, ‘ ओली कमरेडको पनी व्यक्तीगत रुपमा कमी कमजोरी होलान तर राष्ट्रको लागि काम गर्दा कुनै कमजोरी भएको छैन । नेपालमा कम्युनिष्ट बलियो भएको कारण भारत, युरोपेली युनियन र सम्राज्यवादी मुलुकले एमाले फुटाउन खोजेका थिए माधव मार्फत सानो प्रयास गरेका छन् उहाले भन्नु भयो । नेता गिरीले महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई हट भन्न नमिल्ने टिप्पणी गर्नु भयो ।

No description available.

महाधिबेशन गरौ भन्दा भाग्ने चोर बाटोबाट अध्यक्ष माग्ने धारणा गलत गरेको दावि गर्नु भयो । बैठकमा सम्वोदन गर्दै राष्ट्रिय सभा सांसद तथा एमाले केन्द्रिय सदस्य विमला घिमिरेले देउवा सरकारले एक महिना पुग्दा केही गर्न नसकेको बताउनु भयो । एमाले सरकारबाट बाहिरीए पनि जनताले सरकारमा हुँदा गरेका कामको प्रशंसा भएको उहाँको दावि थियो । यता नेकपा एमाले कपिलवस्तु जिल्ला अधिवेशन आयोजक कमिटीको बैठकमा सहभागि नेताहरुले जनतामा एमाले प्रतिको विश्वास बलियो रहेको रिपोर्टिङ गरेका छन् ।

No description available.

मायोज होटेल गोरुसिङ्गेमा सम्पन्न बैठकमा जनतामा फैलाएको भ्रम चिर्दै अगाडी बढने प्रतिवद्धता गरेका छन् । एमाले कार्यकताहरु गाउँ गाउँ पुग्दा सरकारमा रहँदा काम गर्न खोज्दा पार्टी भित्रबाट समस्या परेको हुँदा काम गर्न नदिएको जनताको गुनासो आएको बताएका थिए । यसै गरी एमाले प्रदेश सचिवालय सदस्य तथा कार्यालय सचिव समेत हुनु भएका नेता बलराम अधिकारीले कपिलवस्तुमा सबै साथीहरु एमाले भित्र रहेको र प्रत्यक्ष सम्पर्कमा रहेको बताउनु भयो ।

बैठकले असोज ३ गते सबै पालिका भरी वडा अधिवेशन र ९ गते नगर तथा गाउँ अधिवेशन गर्ने निर्णय गरेको छ । साथै जन संगठनको बैठक भेला तथा कमिटी निर्माण गर्र्ने निर्णय गरेको पार्टी अध्यक्ष झविलाल पोख्रेलले बताउनु भयो । कपिलवस्तुमा रहेको १० हजार संगठीत सदस्य मध्ये ८ हजार वढीको नविकरण भएकाले वाकी सदस्यको नविकरण भदौ ११ भित्र सक्नेगरी सबै स्थानीय कमिटीलाई परिचालित हुन बैठकले निर्देशित गरेको छ ।

पार्टीका जिल्ला संयोजक झविलाल पोख्रेलको अध्यक्षता जिल्ला सहयोंजक डम्मर शर्माको स्वागत र सचिव धर्मराज भुसालको संचालनमा सम्पन्न बैठकले नेपाली नारीहरुको चाड पर्व हरीतालिका तिजको अवसरमा शुभकामना समेत व्यक्त गरेको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय