गायक तथा सर्जक माेतिराज खनाल जनसांस्कृतिक महासंघ केन्द्रीय सदस्य चयन

  
गायक तथा सर्जक माेतिराज खनाल जनसांस्कृतिक महासंघ केन्द्रीय सदस्य चयन

दिपक भुसाल

काठमाडौ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नम्बर २ सितापुरमा जन्मिएका गायक तथा सर्जक मोतिराज खनालले नेपाल कम्युनिस्ट पार्टी एमालेको गौरबशाली संगठन जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्यको जिम्मेवारी पाएका छन्।

लामो समयदेखी नेकपा एमालेको विभिन्न भातृ संगठनहरुमा काम गरेका खनाल हाल अर्घाखाँची – काठमाडौं सम्पर्क मन्च नेकपा एमालेको सास्कृतिक बिभाग प्रमुख थिए ।

निरङ्कुशता विरुद्ध बिभिन्न आन्दोलनमा सहभागिता जनाएका खनाल २०६२/६३ को १९ दिने जनआन्दोलन हुदा दमनको बिरुद्धमा आन्दोलनमा होमिदा पुलिसको लाठिले सख्त घाइते भएका थिए ।

त्यतिबेला सात राजनीतिक दलले खनालको उच्च मुल्याङ्कन गर्दै घाइतेको प्रमाणपत्र दिएको थियो । खनालले घाइते हुदा पनी राज्यलाइ भार नपार्ने भन्दै आफ्नै खर्चले उपचार गरेर ठिक भएका थिए ।

घाइतेहरुलाइ आजिवन सुबिधा दिने सरकारले निर्णय गरेपनी तपाइले सुबिधा नलिनुको कारण के हो ? भन्ने पत्रकारको प्रश्नमा आफ्नो घाउ चोट निको भएको हुनाले मैले त्यो सुबिधा लिनु देश प्रतिको गद्धारी हो भन्ने ठानेर मैले सुबिधा लिइन गायक खनालले भने । घाइते भएर हात खुट्टा गुमेका असक्त काम गर्न नसक्ने योद्धाहरुले त्यो सुबिधा लिनुपर्छ र राज्यले पनि छानबिन गरेर दिनुपर्ने खनालको भनाइ छ । खनालने आफ्नो कलाकौशल बाट समाज रुपान्तरणणमा ठुलो भुमिका खेलेका छन् ।

नेकपा एमालेको चुनाबी गीत देखी लिएर गरिब निमुखा जनताका आवाज बुलन्द पार्ने खनालले थुप्रै गीतको सिर्जना गरेका छन् । समाजका बिकृती र बिसङ्गती बिरुद्ध कलाकारिता क्षत्रबाट ठुलो योगदान गरेका छन् ।

खनालले गीत संगितका अलवा थुप्रै सन्देश मुलक टेलीसिरियल , लेख , कबिता जस्ता रचनात्मक बिधाबाट आफ्नो पहिचान बनाउन सफल भएका छन ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय