करिब अढाई सय नायब सुब्बाका लागि दरखास्त आह्वान (विज्ञापनसहित)

  
करिब अढाई सय नायब सुब्बाका लागि दरखास्त आह्वान (विज्ञापनसहित)

काठमाडौं : लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधक) नायव सुब्बा पदका लागि करिब अढाई सय जनाका लागि दरखास्त आह्वान गरेको छ।

आयोगले बुधबार सूचना जारी गर्दै विभिन्न सेवा समूहका लागि खुला तथा समावेशी पदको विज्ञापन जारी गरेको हो। दरखास्त माघ १८ गतेसम्म दिन सकिने छ। दोब्बर दस्तुरमा माघ २५ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ। दरखास्त http://psconline.psc.gov.np/ बाट पनि दिन सकिने जनाइएको छ।

दरखास्तका लागि १७ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपांगता भएकाहरूका हकमा ४० वर्ष ननाघेको हुनुपर्ने आयोगले जनाएको छ।

 

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय