अर्घाखाँची : कोरोना संक्रमितको संख्या बढ्दै, आज मात्रै १४ संक्रमित थप

  
अर्घाखाँची : कोरोना संक्रमितको संख्या बढ्दै, आज मात्रै १४ संक्रमित थप

अर्घाखाँची । अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा आज (बुधवार) १४ जना कोरोना संक्रमित थपिएका छन् ।

शितगंगा नगरपालिका, भुमिकास्थान नगरपालिका, छत्रदेब गाउँपालिकामा १÷१ जना र पाणिनी गाउँपालीकाम ११ गरी १४ जनामा संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार ५ सय २३ पुगेको छ ।

यस्तै जिल्लाभर बाट कोरोना मुक्त हुनेको संख्या ४ हजार ४ सय १२ पुगेको छन ।

अब जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या २० रहेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए । यस्तै  कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय