चिसोले कठ्याङ्ग्रिएर रुकुम पश्चिममा एक जनाको ज्यान गयाे

  
चिसोले कठ्याङ्ग्रिएर रुकुम पश्चिममा एक जनाको ज्यान गयाे

रुकुम पश्चिम । चिसोले कठ्याङ्ग्रिएर रुकुम पश्चिममा एक जनाको ज्यान गएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ९ का ५२ वर्षका बिने बटालाको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए ।

आज बिहान आफ्नै घर पछाडि बटाला मृत अवस्थामा फेला परेको शर्माले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय