प्रदेश १ मा पछिल्लो २४ घण्टामा २ सय १ जनामा कोरोना संक्रमण भएको छ। ५ सय २९ जनाको पीसीआर परीक्षण गर्दा १ सय १ र ५ सय ४२ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआराका आधारमा मोरङमा ३६, सुनसरीमा २५, झापामा २३, संखुवासभा र खोटाङमा २–२, तेहृथुम, इलाम, पाँचथर, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको हो।
प्रदेश १ मा बिहीबार २ सय २२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ९६ महिला र १ सय २६ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेका छन्। सक्रिय संक्रमितको संख्या २ हजार २ सय ६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रतिकृया दिनुहोस