काठमाडौं । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले १ सय टठ जना वन रक्षक पदमा दरखास्त आह्वान गरेको छ।
सुदूरपश्चिम प्रदेश, उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयबाट माग भएअनुसार आयोगले १६७ पदमा खुला तथा समावेशी कोटामा दरखास्त आह्वान गरेको हो।
आयोगले खुलातर्फ ९२, महिला २५, आदिवासी जनजाति २०, मधेसी १६, दलित ७, अपांग ४ र पिछडिएको क्षेत्रबाट ३ गरी १६७ कोटा छुट्याएको छ । योग्यता पुगेका नेपाली नागरिकले २९ चैतसम्म नियमित र दोब्बर दस्तुरमा ६ वैशाखसम्म अनलाइनमार्फत आवेदन दिन पाउनेछन्।
कक्षा ८ उत्तीर्ण भई शारीरिक तन्दुरुस्ती भएका १८ वर्षदेखि ३५ वर्ष उमेर समूहकाले दरखास्त दिन पाउने छन्।
हेर्नुहोस् सूचना
प्रतिकृया दिनुहोस