अर्घाखाँचीको मालारानी गाउँपालिकाले अनलाइनबाट व्यक्तिगत घटना दर्ता कार्य सुरु ग¥यो

  
अर्घाखाँचीको मालारानी गाउँपालिकाले अनलाइनबाट व्यक्तिगत घटना दर्ता कार्य सुरु ग¥यो

अर्घाखाँची । मालारानी गाउँपालिकाले अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्ने कार्य सुरु गरेको छ । जसअन्तर्गत तोकिएको वेबसाइटमा गएर घटना दर्ता गर्न सकिने छ ।

जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्धविच्छेद लगायतका व्यक्तिगत घटना अनलाइनबाटै आफ्नो विवरण पठाएपछि एउटा कन्फर्मेसन नम्बर पाईनेछ । त्यही नम्बरका आधारमा कार्यालयहरुले सेवा दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले जानकारी दिए । यो सेवा लाई गाउँपालिकाले ९ वटै वडामा पुराउने योजना रहेपनि पहिलो चरणमा नेटले राम्रो काम गर्ने वडा बाट थालनी गरिएको घर्तीले बताए । उनका अनुसार सेवालाई प्रविधिमैत्रि र छिटो छरितो बनाउने उद्देश्यका साथ मालारानी गाउपालिकाले अनलाईन व्याक्तिगत घटना दर्ता शुरु गरेको हो ।

पुरानो सिस्टममा बढी केरमेट हुने तथा फाइल हरु असुरक्षित हुने भएकाले अहिलेको सिस्टममा सम्पुर्ण कार्य कम्युटर बाट हुने भएकाले प्रभावकारी हुने बताइएको छ ।मालारानी गाउँपालिका वडा नम्बर–१ बाट शुरु भएको यस कार्यक्रमको गाउँपालिका प्रवक्ता तथा वडा नम्बर–१ का वडा अध्यक्ष वालकृष्ण आचार्यले आफ्नो वडाबाट शुभारम्भ गरे । वडा सचिव नारायण न्यौपानेले स्थानीय सक्षम बिकको जन्मदर्ता अनलाइन बाट भरेर शुरुवात गरेका छन् । कार्यक्रमको संयोजन कार्यालयका पञ्जिकरण शाखा प्रमुख धुर्वराज खनालले गरेका छन् ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय