कम्युनिस्ट एकताको पक्षमै छु: प्रचण्ड

  
कम्युनिस्ट एकताको पक्षमै छु: प्रचण्ड

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै पनि आफू कम्युनिस्ट एकताको पक्षमै रहेको बताएका छन् । आफू सबैलाई मिलाएर एकताबद्ध बनाउने पक्षमै रहेकोले अझै पनि एकीकृत भएर अघि बढ्नुपर्ने उनले बताए ।

बल्खुमा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै उनले संसद् असंवैधानिक रूपले विघटन गरिएको बताए। उनले अहिलेसम्मको उपलब्धि गुमाउने षड्यन्त्रको रूपमा संसद् विघटनको घोषणा भएको भन्दै त्यो षड्यन्त्र पूरा हुन नदिने बताए ।

यसअघिको नेकपाको बैठकले मदननगरलाई विश्व कम्युनिस्ट आन्दोलनको अध्यनस्थल बनाउने निर्णयसहित नयाँ भवन बनाउने भनेको थियो । त्यही निर्णयअनुसार मदननगरमा नयाँ भवन बनाउने घोषणा गर्दै नेताहरू प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायत मदननगर बल्खु पुगेका थिए ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय