राष्ट्रिय युवासंघ नेपाल केन्द्रीय कमिटीमा अर्घाखाँचीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको भर्चुअल माध्यम द्वारा आज बैठक सम्पन्न

  
राष्ट्रिय युवासंघ नेपाल केन्द्रीय कमिटीमा अर्घाखाँचीबाट  प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको भर्चुअल माध्यम द्वारा आज बैठक सम्पन्न

काठमाडौं,जेठ ५ । राष्ट्रिय युवासंघ नेपाल केन्द्रीय कमिटीमा अर्घाखाँचीबाट  प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको भर्चुअल माध्यम द्वारा आज बैठक सम्पन्न भएको छ।
अहिले तीव्र गतिमा फैलिरहेको कोभिड १९ को प्रकोप को चपेटामा परेका जनताको उद्धार र सहयोगकोलागि तथा संक्रमण भएर उपचार नपाई रहनु भएका हरुको लागि उपचारको पहल तथा व्यवस्था गर्न तथा जिल्लाका सबै स्थानीय तहहरुमा उपचारमा अत्यावश्यक आधारभुत औषधि अक्सिजन सहितको बेडको व्यवस्थामा सहयोग गर्न राष्ट्रिय युवा सङ्घ नेपालले हेल्पडेस्क स्थापना गरी अगाडि कसरी बढ्न सक्दछ भन्ने सन्दर्भमा आजको बैठक केन्द्रित रह्यो ।

No description available.

बैठकले नेकपा एमालेबाट संसदीय फाँट मा प्रतिनिधित्व गर्ने जिल्लाभित्रका सबै जनप्रतिनिधिहरु संघीय मन्त्री, संघीय सांसद, प्रदेश मंत्री, प्रदेश सांसद, स्थानीय तहका अध्यक्ष तथा मेयर ,उपाध्यक्ष तथा उपप्रमुख, वडा अध्यक्ष, स्थानीय तहका कार्यपालिका सदस्य तथा वडा सदस्यहरु बाट आर्थिक संकलन गर्ने निर्णय गरेको छ ,सो बैठकले जिल्लामा तिनै तहमा कार्यदल निमार्ण गरि आफ्ना इकाईहरुलाइ, संक्रमितहरुलाई अस्पतालसम्म उपचारको निम्ति पुर्याउन एम्बुलेन्स सेवा सञ्चालन गरी मद्दत गर्ने र अस्पतालमा उपचारको निम्ति अत्यावश्यक औषधी लगायतका कुराहरूको उपलब्ध गराउन पहल गर्ने निर्णय गरेको छ ।

उक्त बैठकले गोविन्द आचार्यको संयोजकत्वमा बिक्रम खनाल, ज्ञानेन्द्र घिमिरे, शोभाखर पाण्डेय, प्रेम थापा ,भविन्द्र घिमिरे र तिलक अधिकारी सहित सात सदस्यीय कार्यदल गठन गरेको छ ।साथै राष्ट्रिय युवा सघ अर्घाखाँची बिपद ब्यावस्थापन नामक क‍ोष खडा गर्ने  उक्त क‍‍ोषमा ईच्छुक सम्पूर्ण जिल्ला वासि तथा संघ प्रदेश जिल्ला, गाउँपालिमा ,वडा ,लगायत आम पार्टि पंक्तिमा  हार्दिक अनुरोध गर्ने निणर्य गरेको छ ।

गोविन्द आचार्यको अध्यक्षता रहेको सो बैठकमा केन्द्रीय सचिव कमरेड गोविन्द भुसाल ,सचिवालय सदस्य कमरेडहरु शोभाखर पाण्डेय, भविन्द्र घिमिरे, सदस्य कमरेडहरु वासुदेव पाण्डे, दिपक भुसाल, चोप बहादुर क्षेत्री प्रकास पौडेल ज्ञानेन्द्र घिमिरे, गिरिवावु खनाल, कमल न्यौपाने, भेष राज क्षेत्रि लगायतले आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो सो बैठकको संचालन कमरेड बिक्रम खनालले गरेकाथिए ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय