नेप्से हालसम्मकै उच्च २८२३ विन्दुमा, काराेबार रकम पनि १३ अर्ब माथि

  
नेप्से हालसम्मकै उच्च २८२३ विन्दुमा, काराेबार रकम पनि १३ अर्ब माथि

काठमाडौं, जेठ १० । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार ३.०७ अंकले बढेको छ । यस दिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.११ प्रतिशतले बढेर २८२३.०६ बिन्दुमा पुगेकाे छ ।  याे हालसम्मकै उच्च विन्दु हाे । यस दिन सेन्सिटिभ परिसूचक १.३१ अकंले बढेर ५०८.४९ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ ओटा समूहको परिसूचक मध्ये म्युचुअल फण्ड, इन्भेष्टमेन्ट, निर्जीवन बीमा, जलविद्युत्, विकास बैंकको बैंकिङका सुचक बढेको छ । लघुवित्त, होटेल्स तथा पर्यटन, व्यापार, जीवन बीमा, अन्य, उत्पादन तथा प्रशोधन, वित्त समूहको सबै परिसूचक घटेका छन् ।

सोमबार २ सय १६ कम्पनीको २ करोड ७१ लाख ४० हजार कित्ता सेयर खरिदबिक्री हुँदा १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । याे हालसम्मकै उच्च काराेबार रकम हाे ।

बरुण हाइड्रोपावर कम्पनी बजारमा सर्वाधिक कमाइ गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा युनाइटेड इदी–मर्दी हाइड्रोपावर कम्पनी छ ।

बरुण हाइड्रोपावर र युनाइटेड इदी–मर्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य झण्डै १० प्रतिशतले बढेकाे छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय