नेता रायमाझी ले भनेजस्तै बजेट: नौमुरे ,आवास,एयरपोट र कृषि बजार स्थपनाको लागी बजेट बिनियोजन

  
नेता रायमाझी ले भनेजस्तै बजेट:  नौमुरे ,आवास,एयरपोट र कृषि बजार स्थपनाको लागी बजेट बिनियोजन

नविन केसी 

अर्घाखाँची,जेठ १५ । नौमुरे बहुउद्देश्यीय आयोजनाको निर्माण कार्यलाई अगाडि बढाउन आगामी आर्थिक बर्ष २०७८÷७९ को लागी आवश्यक बजेट बिनियोजन गरेको अर्थमन्त्री बिष्णु पौडेलले बजेट मन्त्व्यमा प्रस्तुत गरेका छन । केहि समय अगाडि पूर्ब उप्र—प्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले लामातालमा कार्यालय स्थापना गरि उदघाटन समेत गरेका थिए । २ सय ८१ मेगावाट क्षमताको आयोजना निर्माण कार्यले गति लिने विश्वास गरिएको छ ।

राप्ती नदीमा १ सय ६९ मिटर अग्लो बाँध बनाई पानी संचय गरी प्रयोग गर्ने गरि प्रस्ताव गरिएको बहुउद्देश्यीय आयोजना अन्तर्गत तिन ओटा आयोजना निर्माण गर्न लागिएको छ । प्यूठानको सरूमारानी गाउँपालिका वडा नं. ३ र अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं. ७ र ८ को सिमानामा नौमुरे बाँध बनाई सरूमारानीमा विद्युतगृह निर्माण गरि २१८.३४ मेगावाट क्षमताको नौमुरे जलविद्युत आयोजना निर्माण गरिँदै छ । सितगंगा ७ को लामातालमा रिरेगुलेटिङ बाँध बनाई ८ मेगावाटको लामाताल जलविद्युत आयोजना निर्माण गरिने भएको छ ।

यस्तै लामाताल जलविद्युत आयोजनाको टेलरेसबाट छोडिने केहि पानीको प्रयोग गरी सितगंगा नगरपालिका हुँदै सुरूङ मार्फत अर्घाखाँची र कपिलवस्तुको शिवराज नगरपालिका वडा नं.१ को सुराइ खोला नजिक रहने विद्युतगृहबाट ५४.७ मेगावाटको सुराईनाका जलविद्युत आयोजना निर्माण गरिँदै छ । बहुउद्देश्यीय आयोजना निर्माणका लागि १ खर्व २८ अर्व बजेट अनुमान गरिएको छ ।

नेता रायमाझीले नौमुरे परियोजना निर्माणको कार्यलाई अब कसैले रोक्न नसक्ने बताए । उहाँले जलविद्युत, सिंचाइ सुविधा, माछा पालन, बाढी नियन्त्रण र पर्यटन लगायतका धेरै फाइदायुक्त आयोजना निर्माणले सयौं व्यक्तिले रोजगारी पाउने बताए ।

उहाँले नौमुरे बहुउद्देश्यीय आयोजना निर्माणको कार्य सम्पन्न भएपछि लुम्बिनी प्रदेशको समृद्धिको ढोका खुल्ने बिश्वास आफुले लिएको रायमाझीले बताए । बजेट भासणमा जिल्लाको सदरमुकाम सन्धिखर्कमा कृषि थोक बजार स्थपनाको लागी बजेट बिनियोजन गरेको अर्थमन्त्री पौडेलले बजेट भाषणमा बताए । यस्तै अर्घाखाँची आवास निर्माण कार्यक्रम तथा एयरपोट को लागी समेत बजेट बिनियोजन गरिएको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय