स्मार्टको टपअपमा १० प्रतिशत क्यासब्याक, भाग्यशाली ग्राहकलाई सामसङ ए८ ट्याब्लेट

  
स्मार्टको टपअपमा १० प्रतिशत क्यासब्याक, भाग्यशाली ग्राहकलाई सामसङ ए८ ट्याब्लेट

काठमाडौं, जेठ १७ । खल्ती डिजिटल वालेट प्रयाेग गरी स्मार्ट टेलिकमकाे रिचार्ज टपअप गर्दा १० प्रतिशत क्यासब्याक पाइने भएकाे छ । ग्राहकले ‘SMARTTEL’ प्रोमो कोड प्रयोग गरी रिचार्ज गर्दा ८ प्रतिशत डिस्काउन्ट र थप २ प्रतिशत क्यासब्याक पाउने भएका हुन् ।

यो योजना आगामी जून १६ तारिखसम्म सञ्चालन हुनेछ । योजना अन्तर्गत भाग्यशाली ३ ग्राहकले सामसङ ए८ ट्याब्लेट प्राप्त गर्नेछन् ।

याेजनामा सहभागी हुन सबैभन्दा पहिले खल्ती एपमा गई ‘टपअप’ सेक्सनमा जानुपर्छ । त्यसपछि रिचार्ज गर्न चाहेको रकम निश्चित गरी “I have a coupon’ मा प्रेस गर्ने र ‘SMARTTEL’ प्रोमो कोड टाइप गरी ट्रान्जेक्सन पुरा गर्दा तत्कालै १० प्रतिशत क्यासब्याक प्राप्त हुने जनाइएकाे छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय