कामना सेवा विकास बैंकको ऋणपत्र सूचीकृत

  
कामना सेवा विकास बैंकको ऋणपत्र सूचीकृत

काठमाडाैं, असार ११ । कामना सेवा विकास बैंकको ‘९% कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७’ बिक्रीका लागि नेपाल स्टक एक्सचेञ्जले सूचीकृत गरेको छ ।

बैंकले २०७७ माघ २२ गते निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रको चुक्ता मूल्य एक हजार कायम भएको १० लाख कित्ता असार १० गतेदेखि नेपाल स्टक एक्सचेञ्जले कारोबार गर्न सक्ने गरी सूचीकृत गरेको हो ।

बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र सिंह साउदले सम्झौतापत्रमा हस्ताक्षर गरे । बैंकको सेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल रहेको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय