तरलता समस्या अझै बढ्छ : गभर्नर

  
तरलता समस्या अझै बढ्छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नु चुनौतीपूर्ण रहेको बताउएका छन । आइतबार संसद्को सार्वजनिक लेखा समितिमा वर्तमान आर्थिक अवस्थाबारे जानकारी गराउँदै उनले यस्तो बताए।

गभर्नर अधिकारीले चालु पुँजीगत खर्च बढाउन नसक्दा लक्ष्य हासिलका साथै मूल्यवृद्धि नियन्त्रणमा समेत चुनौती बढेको बताए। उनले छोटो समयमा उठाइने आन्तरिक ऋणका कारण बैंकिङ प्रणालीमा थप तरलता समस्या हुने पनि बताए। चालु आवमा ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठिसकेको जानकारी गराउँदै सरकारले दुई खर्ब ५० अर्ब उठाउने लक्ष्य लिएकोमा अब बाँकी दुई खर्ब ४४ अर्ब रुपैयाँ रहेको र त्यो उठाउँदा तरलतामा थप दबाब पर्ने उनले बताए । गभर्नरले यसो भनिरहँदा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले गभर्नर अर्थमन्त्री जनार्दन शर्मालाई असफल बनाउन लागिपरेको आरोप लगाउए । तपाईंहरूको ट्युनिङ पनि मिलिराखेको छैन ।

उनले भने , ‘राष्ट्र बैंक, त्यसमा अर्थ मन्त्रालय, हामी त माओवादी कार्यकर्ता । त्यसो भन्दा खेरी हाम्रो पार्टीका नेता मन्त्री । माओवादीको मन्त्रीले राम्रो काम गर्छ । उसलाई कसरी असफल बनाउने भनेर खोजी राख्नुभएको छ भन्ने पनि न्युज सुनि राख्या छौं । के हो रु’ गभर्नर अधिकारीले अर्थमन्त्री शर्मालाई असफल बनाउन आफू लागेको भन्ने सांसद मोदीको भनाइमा आपत्ति जनाए।

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय