बढ्यो सुनको मूल्य

  
बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर ९२ हजार ६००  रुपैयाँ  पुगेको छ। 

सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९२ हजार ५००  रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ कायम भएको छ। 

जसको मूल्य आइतबार प्रतितोला ९२ हजार रुपैयाँ  तोकिएको थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रुपैयाँ पाँचले बढेर एक हजार २५५  रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१० डलर आसपास कारोबार भइरहेको छ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय