ओली सहभागी कार्यक्रममा कालो मास्क र गलबन्दी प्रतिबन्ध

  
ओली सहभागी कार्यक्रममा कालो मास्क र गलबन्दी प्रतिबन्ध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध लगाइएको छ ।

राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा शनिबार ओली पक्षको नेकपाले राखेको कार्यक्रममा कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध लगाइएको हो ।  सो कार्यक्रममा प्रधानमन्त्री ओलीलगायतका नेताहरुको सहभागिता रहेको छ । कार्यक्रममा सहभागी हुनका लागि ओली पक्षका नेता कार्यकर्ता पुग्दा ‘कालो लगाउन नपाइने’ सुरक्षाकर्मीले रोकेका थिए ।

उनीहरुलाई कालो मास्क, टोपी र गलबन्दी फुकालेर मात्रै प्रवेश दिइएको छ ।  कालो मास्क र टोपी लगाएर संकेतिक विरोधका लागि केही मान्छे आएको सूचना पाएकाले कार्यक्रम हलमा त्यस्ता वस्तु निषेध गरिएको आयोजकले जनाएको छ । 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय