लोक गायक तथा सर्जक मोतिराज खनालको ( मामा घर )तीज गीत सार्बजनिक

  
लोक गायक तथा सर्जक मोतिराज खनालको ( मामा घर )तीज गीत सार्बजनिक

अर्घाखाँची ,असार २८ । हिन्दुहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा कलाकारहरुलाइ पनि भ्याइ नभ्याइ छ । तिजका गीतहरु धमाधम आइरहेको क्रममा गायक तथा सर्जक मोतिराज खनालले पनि तीजको गीत मामा घर गत हप्ता सार्बजनिक गरेका छन ।

बरिष्ट कलाकार चुमान काउछा मगरको लय तथा एरेन्ज रहेको गीतमा गाएक मोतिराज खनालको शब्द रहेको छ । गायक खनालको स्वरमा साथ दिएका छन गायिका मिना काउछा मगर र बाल कलाकार सिवानी थापाले ।

त्यसै गरी यो गीतमा मोडल केशब पाण्डे र बाल कलाकार शिवानी थापा र बिनिता घर्तिको अभिनय रहेको छ । यस गितको मिक्सिङ रुबिन मगरले गरेका हुन भने म्युजिक भिडियो डाइरेक्सन चुमान काउछा मगरले गरेका छन भने इडिटिङ गरब योनजनले गरेका छन ।

मौलिक बिषयहरु समेटेर बनाइएको गीतमा मामाघर जान नपाएको र आफ्नो आमालाइ मामाघरमा लैजानु भनेर जिद्धि गरेको बाल कलाकार शिवानी थापाको अभिनय देख्न सकिन्छ । माइतिघरमा दाजु भाउजुले खासै वास्था नगरेको र तीजमा पनि नबोलाएको हुनाले आमाले छोरीको अनुरोधलाइ अस्विकार गर्छिन अनि छोरीले आफ्ना बुवालाइ फोन गरेर जसरीपनि मामाघर लैजान आमालाइ भन्दिनु भन्दै रुन्छिन अनि बुवाले छोरीको कुरा काट्न सक्दैनन र छोरीलाइ लिएर जाउ भन्छन ।

श्रीमानको आदेश भएपछी छोरीलाइ लिएर माइत जान्छिन तर दाइ भाउजु ले केहि वास्ता गर्दैनन उनिहरुले बुवा आमालाइ पनि बृद्ध आष्रम लगेर छोडेका हुन्छन त्यो देखेर उनि भाब बिहोल हुन्छिन र बुवा आमालाइ बृद्ध आष्रमबाट छोरीले आफ्नो घरमा लगेको कारुणिक कथा समेटिएको मार्मिक तिजगीत हेर्दा आखा रसाउछन ।

गाएक तथा सर्जक मोतिराज खनालले गीतबाट राम्रो प्रतिकृया आएको बताए । गायक खनालले दर्जनौ गीत बजारमा ल्याएका ल्याइसकेका छन ।

पुरा भिडियो हेर्नका लागि यहाँ थिच्नुहोस्

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय