विद्यार्थीका लागि २८८ रुपैयाँमै डिशहोमको इन्टरनेट

  
विद्यार्थीका लागि २८८ रुपैयाँमै डिशहोमको इन्टरनेट

काठमाडौं । कोभिड-१९ को तेस्रो लहर आएसँगै सरकारले सम्पूर्ण शैक्षिक संस्थामा भौतिक कक्षा बन्द गरेको छ । योसँगै धेरै स्कुल कलेजमा फेरि वैकल्पिक (अनलाइन) माध्यमबाट पठनपाठन हुन थालेको छ ।

यसैबीच विद्यार्थीलाई अनलाइन क्लासका लागि सजिलो बनाउने उद्देश्यसहित डीटीएच एवं इन्टरनेट सेवा प्रदायक डिशहोमले ‘स्टुडेन्ट अनलाइन क्लास’ प्याकेज घोषणा गरेको छ ।

यो अफरबाट विद्यार्थीको पढाइमा इन्टरनेटका कारण कुनै बाधा नआउने कम्पनीको विश्वास छ । यसअन्तर्गत तीन प्रकारका प्याकेज अफर ल्याइएको छ ।

जसमध्ये एकजना विद्यार्थीका लागि प्रति महिना २८८ रुपैयाँ तोकिएको छ भने दुईजना विद्यार्थीका लागि ४८८ रुपैयाँ प्रति महिना तोकिएको छ । त्यस्तै तीनजना विद्यार्थीका लागि प्रति महिना ५८८ रुपैयाँको प्याकेज तोकिएको छ ।

यसबारे थप जानकारीका लागि डिशहोमको हटलाइन नम्बर ९८०१५४४००० वा नजिककको ‘डिशहोम डिलर दाइ’ कहाँ सम्पर्क गर्न सकिने बताइएको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय