भारतमा बजेट सार्वजनिक : डिजिटल मुद्रा प्रचलनमा ल्याउने, नेपालका लागि दिने अनुदान घट्यो

  
भारतमा बजेट सार्वजनिक : डिजिटल मुद्रा प्रचलनमा ल्याउने, नेपालका लागि दिने अनुदान घट्यो

एजेन्सी । भारतले नयाँ आर्थिक वर्ष सन् २०२२/२३ का लागि तीन सय ९४ खर्ब ४९ अर्ब भारतीय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले हिजो लोकसभामा बजेट भाषण प्रस्तुत गर्दै विभिन्न योजना तथा कार्यक्रमहरू सार्वजनिक गरेकी हुन ।

सार्वजनिक गरिएका योजना तथा कार्यक्रमबाट भारतको अर्थतन्त्र बलियो हुने र आगामी २५ वर्षका लागि आधार तय हुने अर्थमन्त्री सितारमणको दाबी छ । आउँदा दिनमा अर्थतन्त्र चलायमान बन्ने र आगामी वर्ष ९ दशमलव २ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने भारत सरकारको लक्ष्य छ । बजेटमा भौतिक संरचना निर्माणमा जोड दिइएको छ । गति शक्ति कार्यक्रम अन्तर्गत सडक‚ रेलमार्ग‚ विमानस्थल‚ बन्दरगाह‚ ढुवानी मार्ग‚ जलमार्गलगायतको विकास र स्तरोन्नति गर्ने योजनाहरू समावेश गरिएको छ ।

भारतमा प्रधानमन्त्री आवास योजना अन्तर्गत नयाँ आर्थिक वर्षमा थप ८० लाख घर बनाइने उल्लेख छ । यस्ता घर ग्रामीण तथा सहरी दुवै क्षेत्रमा निर्माण गरिनेछन् । अघिल्लो वर्ष सन् २०२१र२२ का लागि नेपालका लागि ९ अर्ब ९२ करोड छुट्याएकोमा यस वित्तीय वर्षका लागि ७ अर्ब ५० करोड भारतीय रुपैयाँ छुट्याएको हो । यस वर्ष भारतले सबैभन्दा धेरै भुटानलाई २२ अर्ब ६६ करोड भारतीय रुपैयाँ दिने भएको छ ।

भारतको केन्द्रीय बैंकले सन् २०२२/२३ मा डिजिटल मुद्रा ल्याउने बजेटमा उल्लेख छ । त्यस्तै किसानलाई खेतीमा सघाउन ड्रोन प्रयोग गर्ने अर्थमन्त्री सितारमणले घोषणा गरेकी छन । 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय