दक्षिण कोरिया विश्वकप फुटबलका लागि छनोट : अर्जेन्टिनाले कोलम्बियालाई हरायो

  
दक्षिण कोरिया विश्वकप फुटबलका लागि छनोट : अर्जेन्टिनाले कोलम्बियालाई हरायो

काठमाण्डाै । दक्षिण कोरिया कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ । गएराति भएको खेलमा सिरियालाई २–० गोलले हराउँदै दक्षिण कोरिया विश्वकप फुटबलका लागि छनोट भएको हो ।

दक्षिण कोरियाका किम जिन सु र क्वोन चाङ होनले एक/एक गोल गरे । दक्षिण कोरिया इरानपछि एसियाबाट विश्वकपमा छनोट हुने दोस्रो टिम बनेको छ । 

यस्तै फिफा विश्वकप कतार–२०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले कोलम्बियालाई हराएको छ । अर्जेन्टिनाले घरेलु मैदानमा कोलम्बियालाई १–० गोलले हराएको हो । अर्जेन्टिनाका लोउटारो मार्टिनेजले खेलको पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । अर्जेन्टिना विश्वकपमा छनोट भइसकेको छ ।

हारसँगै कोलम्बिया विश्वकपमा छनोट हुने सम्भावना न्युन भएको छ । अब छनोटका बाँकी खेलमा कोलम्बियाले जितेर मात्रै पुग्दैन । अरु टोलीको नतिजा पनि कुर्नुपर्ने हुन्छ । 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय