नेपाली राजदूतावास दोहाबाट पनि विद्युतीय राहदानी उत्पादन, आजबाट बुकिङ खुल्ला

  
नेपाली राजदूतावास दोहाबाट पनि विद्युतीय राहदानी उत्पादन, आजबाट बुकिङ खुल्ला

काठमाडौं । नेपाली राजदूतावास, दोहा, कतारबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी सफलतासाथ उत्पादन सुरु भएको छ ।

विदेशस्थित नियोगबाट उत्पादन भएको यो पहिलो विद्युतीय राहदानी भएको राहदानी विभागका प्रवक्ता शरदराज आरणले जानकारी दिए । उनका अनुसार हिंजोदेखि विद्युतीय राहदानी उत्पादन सुरु भएको हो ।

आजबाट नेपाली राजदूतावास, कतारले बुकिङ खुला गरेको छ । सुरुको एक हप्ताको लागि सीमित मात्रामा बुकिङ खोलिएको हो ।

अन्य खाडी मुलुकहरु र मलेशियामा रहेका नेपाली नियोगहरुमा विभागबाट विद्युतीय राहदानीको लागि आवश्यक पर्ने उपकरणहरु पठाइसकिएको र उक्त सामानहरु जडान हुनासाथ केही दिनभित्रै त्यहाँबाट पनि विद्युतीय राहदानीको सेवा सुरुवात हुने विभागले जनाएको छ ।

त्यस्तै यीबाहेकका अन्य मुलुकहरुमा रहेका सबै नेपाली नियोगहरुमा उपकरणहरू पठाउने कार्य भइरहेको र केही हप्ताभित्र सेवा सञ्चालन गर्ने कार्यक्रम रहेको प्रवक्ता आरणले बताए ।

नेपालको हकमा ३६ वटा जिल्ला प्रशासन कार्यालयहरु र ५ वटा इलाका प्रशासन कार्यालयहरु गरी जम्मा ४१ स्थानबाट विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट सुरु भइसकेको छ । अन्य जिल्लाहरुमा तीन वटा प्राविधिक टोलीहरुले नेटवर्किङ गर्ने, उपकरणहरू जडान गर्ने र तालिम प्रदान गर्ने कार्य गरिरहेको विभागले जनाएको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय