भुमिकास्थान १० धनचौरमा क्रिकेट प्रतियोगिता

  
भुमिकास्थान १० धनचौरमा क्रिकेट प्रतियोगिता

अर्घाखाँची चैत्र २ । अर्घाखाँची जिल्लाको भुमिकास्थान वडा नं। १० मा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको एमालेका युवा नेता तथा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लिला जिसीले व्याटिङ गरेर उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै जिसीले भुमिकास्थान नगरपालिका भित्र उत्कृष्ट खेलाडी तयार पार्न प्रतियोगिताले सहयोग पु¥याउने बताउनुभयो ।

उहाँले स्थानीय स्तरमा हुने यस खाले प्रतियोगिताले खेलाडीहरुको प्रतिभा उजागर हुने बताउनुभयो । ‘स्थानीय स्तरमा हुने प्रतियोगिताकै माध्यमबाट खेलाडीहरु राष्ट्रिय, अन्र्तराष्ट्रिय स्तर सम्म पुग्ने गरेका छन् ’ उहाँले भन्नुभयो , ‘यस खालका प्रतियोगिताहरु बेला मौकामा आयोजना गर्नुपर्छ ।’ उहाँले नगरपालिकाले खेल क्षेत्रको विकासका लागि आवश्यक वजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।

जिसीले खेलाडीहरुले खेल क्षेत्रकै माध्यमबाट देशको शिर उचो राख्ने गरेको भन्दै खेलाडीहरुलाई सम्मान गर्न कन्ज्युसाइ गर्न नहुने बताउनुभयो । ‘नेपाली राष्ट्रिय खेलाडीहरुले विभिन्न अन्र्तराष्ट्रिय खेलहरुमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्’ उहाँले भन्नुभयो, ‘ खेल क्षेत्रको विकास र खेलाडीको सम्मानमा सरकारले विशेष ध्यान पु¥याएको छ ।’प्रतियोगितामा भुमिकास्थान नगरपालिकाका विभिन्न वडाका ९ टिमले भाग लिएका छन् । प्रतियोगिताको विजेताले १८ हजार र उपविजेताले ९ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय