आफ्नै बिगत पनि इतिहास जस्तै लाग्न थाल्यो: भुसाल

  
आफ्नै बिगत पनि इतिहास जस्तै लाग्न थाल्यो: भुसाल

अर्घाखाँची ढिकुरा ५ सूर्वणखाल (साबिकको भु.न.पा ९) मा जन्मिएका लेखनाथ भुसाल यसो भन्दै सुनाउछन उनको अतित उनकै अगाडि इतिहास भयो भनेर (जस्ताको तस्तै) बिगत पनि ईतिहास जस्तो लाग्ने दिन आएको जस्तो लाग्यो गाँउ घरमा बिहेमा जन्ती जान लर्को लाग्ने छिमेकी ,नाता, मित्रजन , कुटुम्ब घोडा गाडी ,कठै घर्ती दाइ पन्चे बाजामा ति दमाई दाईहरु फोक्सो फुल्लिने गरि फुक्ने नर्सिङ्गा, कर्नाल, सहनाइ,बिक्गुल टेम्कुलो दमाह झाली ढोलकि त्यो कर्णे दाइको नाँच त्यो टुटिनाका कामि दाईहरुको नाच काफ्लेका सिपाइ बाको नाँच  ! रेश्मी जित बहादुर दाइको हातमा थाली नाच गोठ राना बाको मादल र नाच ! 

No photo description available.

हलो र जुवा खुर्पेटो र धारिलो खुर्पा राइते किसाने दाइको मारुनी नाच ,किसाने ठुल्दाईको गहकिलो भाकामा सोरहठ्ठि गित,कामी कान्छा दाईको बासुरीको तालमा नाँच ,नेत्र बहादुर सोमरे र मान बहादुर सोमरेको सराँय नाँच ,इन्द्रबहादुर सोमरेको र राम प्रसाद भुसाल (भङ्गारी) को बासुरीको स्वर ,खुद मैले बजाउने हरियो अङ्गेराको पातको धुन ती तोसको जङ्गल ती चौतारी डाँडाको वन , ती खुर्पाखोलाको पखेरो ,ती सालघारी,ती कुसुन्नेको वारि खेत, ती मौलिक लोक सुसेली ,श्रदेय जिजु डिठ्ठा बाका चार हस्ती सिङ्गो गाँउका अभिभावक ती कान्छा साहुको राजकाज (जो मेरा हजुरबुवा) ती भद्रपनका जेठासाहु मेरा बुवा नारायण प्रसाद भुसाल  गाउका मानिसको चुलो बल्नु पर्छ भन्ने वडो हेक्का राख्ने दृस्ठिकोण ,आफ्नो गाउँ सबल शिक्षित हुनु पर्छ भनी गाउको बिचमा भगवती अहिले मा,वि स्थापना गर्ने मुल पुरुष श्रदेय मेरा हजुरबुबा प्रथम विधालय ब्यवस्थापन समितीका अध्यक्ष ,गाउमा सब ले अन्याय सहनु हुदैन सबको न्याय पाउने अधिकार बराबर हुनु पर्छ भन्ने पक्षमा श्रदेय माइला बुवा धर्म राज भुसाल बुद्धि वल थापा,जिब लाल  राना ,दिल बहादुर पालुङ्गे,गोबिन्द बहादुर सारु काफ्लेका सिपाइ बा,दिल बहादुर सारु फुलवारे बा,खेत जोत्न जादा होस वा अरु बेला हो जोसिलो लिल बहादुर नेपाली चेङ्ग्रेपाटे घोडा सवारमा अब्बल रुचि ,मेलापात होस या सामाजिक काममा होस सधै एकनासे नाच्न गाउन पनि रमाउन जानेको हाम्रो सिद्धारे दाइ, हामी धेरैको न्वारन गराएर नाम राखेका वेदाह कान्छा बा मोति लाल मरासिनी,हामी सानो छदा माया दिने र कापल खौरिदिने मरासिनी माइला बा,दिना मणि मरासिनी, जुकेपानीकी माइली माइजू ,तारिकेका दाइ  हरु ,हाम्रो  घरमा सधै मौरीको मह काढने उचाइ साइला बाजे ,ती सारु कान्छा  मामा जसको एक भारी दाउराले कट्टकुरो भरिन्थ्यो वहाँ को सुरिलो स्वर ,त्यो पात बजाइ , ती रमाइला पल, जिलाका गाउँ बेसि गाउँ घर ती नातेदार  ती खर खर्यान ती फुलवारी ती खेत वारि ,चिना हेर्न जान्ने आदरणीय ज्योतिष जेठोबुवा ओम प्रसाद भुसाल इमादारीमा अब्बल , ती सज्जन स्वस  घनश्याम दाइ,,अनि ती दिउरालीका माइला,जेठा बा,कान्छा बा , ती बोइ हरु ,,ती सोमै हवल्दार जेठाबा  ती जिम्मुवाल  रुक बहादुर शाह ,अनि जयानन्द मरासिनी,केसवा नन्द मरासिनी,अनि नन्द बहादुर रायमाझी छन्द प्रसाद गैरे,,अर्का श्रदेय स्वस् दल वीर थापा,चन्द्र बहादुर थापा ,शिव लाल चुदाली,गोपाल चुदाली,अर्घाली जेठा प्रेम ब,सार्की कुल बहादुर नेपाली ,ती पाका र रमाइला बोदे दमाई,सहित यी सब स्मरणीय क्षण र रमाइला याद हरु हुँदै अहिले काठमाडौ को बसाइ र यो कोभीड ज्ञढ क्रोना कहरको आतंक मन भित्रै बाट  नियालेर हेर्दा र बिश्लेसण गर्दा सब कुरा इतिसको एउटा सुनौलो पानामा सिमित देखिन्छ । 

No photo description available.

किन कि यो क्रोनाको माहामारीमा औसधि र उपचारको अभावमा धेरैको ज्यान अकालैमा गएको तितो अवस्थामा न त धन , सम्पती नत गाँउकान त शहरी बसोवासका छिमेकी न त जन्ती न त मलामी न त तुलसिको महिरी ,न त नयाँ गुन्द्रो, नत मुखमा अन्तिम गङ्गाजल न त सुन पानी न त छोराले काधिकाठ न त मलामी ,न त अन्तिम सस्कारमा हुनेको आफ्नो पुत्र उ पनि जेठो या कान्छो , न त अरु छोरा छोरी न त श्रीमती न त धर्म पुत्र न त नजिकको  दाजु भाइ दागबत्ती दिने पनि छैन कोहि रु उस बेला म सानो छदा बुढा पाका हरु भन्नू हुन्थ्यो कलियुगमा  माहा प्रलय हुन्छ कतै सत्य सावित नहोस श्रीपशुपती नाथले सबैको कल्याण गरुन  !  यथासिग्र  राज्य बाट पाउने सुबिधाजन्य उपचार र सेवा मिलोस , हामी जनता अरु कसैको आशा नराखी आफू र आफ्नो परिवार लाई सुरक्षित राख्न सफल भई रहन पाइयोस यस्तो समयमा कालो बजारी भ्रस्टाचार गर्ने हरुको हिसाब किताब  पर्लोक भए पछि यमराज को अदालतमा फैसला हुनेछ  सके सम्म अरु लाई सहयोग गरौ न सकेमा असयोग पनि गर्दै नगरौ  सभ्य नागरीकको परिचय दिऔ मेरो सानो अनुभव धन्यवाद । हाल भुसाल काठमाडौको सतूङगलमा बस्छन । 

साभार : लेख नाथ भुसाल को फेसबुकबाट

No photo description available.

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय