नेपाल आदर्श मा.वि. का ३३ जना शिक्षक लाई ल्यापटप वितरण, १ करोड ५० लाखमा भौतिक देखि शैक्षिक सुधारका कार्यक्रम

  
नेपाल आदर्श मा.वि. का ३३ जना शिक्षक लाई ल्यापटप वितरण, १ करोड ५० लाखमा भौतिक देखि शैक्षिक सुधारका कार्यक्रम

कमल बिस्ट

कपिलवस्तु कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा अवस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालयमा नमूना विद्यालय विकास आयोजना अन्तरगत नवनिर्मित भवन तथा बालमैत्री खानेपानी धाराको उद्घाटन कार्यक्रम साथै शिकक्षकहरु लाई ल्याप्टप बितरण कार्यक्रम सम्पन्न भएको छ, एक औपचारिक कार्यक्रमका बिच शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले नमूना विद्यालय विकास आयोजना अन्तरगत नवनिर्मित भवन तथा बालमैत्री खानेपानी धाराको उद्घाटन र ३३ जना शिक्षक लाई ल्यापटप वितरण गर्नुभएको हो ।

No description available.

उद्घाटन पश्चात मन्तब्य राख्दै नगरप्रमुख अधिकारीले विद्यालयको शैक्षिक र भौतिक सुधारको अवस्थाको प्रसंशा गर्दै नगरपालिकाले देशका बिभिन्न नमुना विद्यालयको अवलोकन भ्रमण गर्नेगरेकोमा अबका दिनमा नेपाल आदर्श माबि पनि अन्यत्र बाट भ्रमण गर्दै शैक्षिक सुधारका लागि सिकाइको केन्द्र बन्नुपर्नेमा जोड दिनुभयो ।

No description available.

नगर शिक्षा प्रमुख लोकराज पन्थीले ल्यप्टप प्राप्त गर्ने सबै शिक्षकहरु लाई बधाई दिदै अब काधमा ल्यापटपको भारी मात्र होइन उक्त ल्यापटपको सहि प्रयोग गर्दै प्रविधि मैत्री तरीकाले विद्यार्थीहरु लाई शैक्षिक सिकाइ गराउने जीम्मेवारीको भारी समेत काधमा थपिएको बताउदै त्यसमा खरो उत्रन आग्रह गर्नुभयो ।

No description available.

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवनराज पौडेलले संघर्षपूर्ण इतिहास बाट शुरु भएको विद्यालय विस्तारै सफलता तर्फ उन्मुख भैरहेकाले सबै तह र तप्का बाट साथ र सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

No description available.

विद्यालयले नमुना विद्यालय विकास कार्यक्रम अन्तरगत भौतिक निर्माण तर्फ एक करोडको लागतमा आठ कोठा भवनमा तला थप, आठ कोठे अधुरो भवन निर्माण र दुइ तले शौचालय निर्माण गरिएको हो । त्यस्तै शैक्षिक र ब्यवस्थापकीय सुधार तर्फ ५० लाख रकममा १८ लाख खर्चिएर ३३ जना शिक्षक लाई ल्यापटप वितरण गरिएको थियो, त्यस्तै ७ लाख ५० हजारमा विज्ञान प्रयोगशाला विस्तार, १५ लाखमा बालमैत्री खानेपानी धारा र हातधुने धारा निर्माण, १ लाख ७० हजार रकम खर्चिएर शिशु कक्षा व्यवस्थापन लगायत अन्य कार्यहरू जस्तै ३३ वटा कक्षा कोठामा पोडियम निर्माण, घडी ब्यवस्थापन लगायतका समाग्री ब्यवस्थापन गरिएको छ ।

No description available.

विद्यालयले यसै आर्थिक वर्षमा रास्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत ६ लाख ५० हजारमा पुस्तकालय समेत थप ब्यवस्थित बनाएको छ ।

नगर प्रमुख नेत्रराज अधिकारीको प्रमुख अतिथ्यता, बि. ब्य. स. भुवनराज पौडेलको अध्यक्षता, प्रधानाध्यापक मुक्तिनाथ पोख्रेलको स्वागत तथा शिक्षक प्रकाश अधिकारीको सन्चालनमा सम्पन्न कार्यक्रममा नगर कार्यपालिका सदस्य लक्ष्मी हमाल, वडा सदस्य टिका बिक, पुर्व वडा अध्यक्ष विष्णुराज अधिकारी लगायत शैक्षिक क्षेत्रका बिभिन्न ब्यतित्वहरुको समेत आतिथ्यता रहेको थियो ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय