अभिभावकद्वारा विद्यालयमा तालाबन्दी

  
अभिभावकद्वारा विद्यालयमा तालाबन्दी

सहयोगी बि. सि.


अर्घाखाँची, १० चैत । अर्घाखाँची जिल्लाको साबिक धन्चौर ६ हाल भुमिकास्थान नगरपालिका वडा नं. १० मा रहेको जन जागृती उच्च मा. बि. मा तालाबन्दी गरिएको छ। स्थानीय अभिभावक हरुले चैत ८ गते बिहान प्राचार्यको कोठामा तालाबन्दी गरेको बुझिएको छ। एक पालिका एक नमूना विद्यालय भन्ने सरकारको नीति मुताबिक भुमिकास्थान नगरपालिका बाट उक्त विद्यालय नमूना विद्यालयमा छनौट भएको नगर प्रमुख रेशम थापाले बताउनु भयो।

विद्यालय नमूना छनौट भएपछि सो बिधालयमा झण्डै ५ करोड २५ लाखमा बहुउद्देश्यीय भबन र झण्डै २ करोड २५ लाख शैक्षिक बिकासमा खर्च हुने हुने खबरले अभिभावक हरु अत्यन्तै खुशी भएका थिए। ५ बर्ष भित्रमा सम्पन्न हुने उक्त विद्यालयका भबन हरु मध्ये यसै बर्ष भित्रमा २ करोड ७० लाखको ९ कोठे ३ तले भबनको निम्ति डिपिआर समेत तैयार भएको विद्यालयका प्राचार्य पिताम्बर खनालले जानाकारी दिनु भयो।

उहाँले साँगुरो जग्गा हुँदाहुँदै पनि डिपिआर भैसकेको स्थान भन्दा बाहिर जान नसकिएको अनेकौं पटक पहल गर्दा पनी सहमति जुटन नसकिएको उहाँको भनाई छ। धेरै समय सम्म विद्यालय ब्यबस्थापन समितिको गठन समेत हुन नसकेकै अबस्थामा शिक्षा बिभाग बाट आएको प्राबिधिक टोलिले उक्त विद्यालय नजिक रहेको विद्यालयको जग्गामा ९ कोठे भबनको डिपिआर (बिस्तृत सर्बेक्षण योजना ) तैयार गरेको थियो।

नमूना विद्यालय छ्नौंट पछि बन्ने बहुउद्देश्यीय आबासिय भबन ,प्रशासनिक भबन ,चमेना गृह ,स्वागतद्वार खेलमैदान लगायतको भबन निर्माणका लागि जग्गा साँगुरो भएको र विद्यालयको ५ सय मिटर नजिक जग्गा उपलब्ध भएमा डिपिआर समेत बदल्न सकिने तर सो कार्य १५ दिन भित्रमा गर्नुपर्ने भन्ने प्राबिधिकको मौखिक भनाईको आधारमा नब गठित ब्यबस्थापन समितिले पहल र अनुरोध गरे अनुसार विद्यालय क्षेत्रको तल्लो भाग २०० मिटर नजिक स्थानीय अभिभावक बोम बहादुर रायमाझी ,गणेश रायमाझी ,यम बहादुर रायमाझी लगायतका जग्गा धनिले विद्यालयका लागि आबश्यक पर्ने ७ देखि १०रोपनी सम्मो वारि जग्गा दान दिन तैयार भएका थिए। त्यसो त विद्यालय क्षेत्रको उपल्लो भागमा रहेका अभिभावक समेतले ३ रोपनि जग्गा दिन सक्ने समेत कुरा आएको बुझिएको छ।

बहुउद्देश्यीय भबन बनाउने कुरामा स्थानीय राजनीतिक पार्टी समेतको लिखित सहमतिमा योजना सम्पन्न गर्नुपर्ने भन्ने विद्यालय ब्यबस्थापन समितिको निर्णय अनुसार केही पार्टी हरुले लिखित दिई सकेका र केहिले मौखिक मात्र सहमति छ भनी रहेकै अबस्थामा पुरानै डिपिआर तैयार भएको जग्गामै भबनको सझौता गर्न नगर पालिकाको कार्यालय जाने सूचनाको आधारमा हाम्रो राम्रो नमूना विद्यालय संघर्ष समितिका अध्यक्ष पुर्ण बहादुर भट्टराईको अगुवाइमा विद्यालयमा तालाबन्दी गरिएको भट्टराईले भन्नुभयो।

सो बिषयमा जानाकारी लिन खोज्दा भुमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत क्षेत्रीले ९ कोठे भबनको डिपिआर तैयार भै यसै आर्थिक बर्षमा ९ कोठे भबनको निर्माण कार्य सुरु गर्न बिभाग बाट ताकेता भएकोले विद्यालय ब्यबस्थापन समितिको निर्णय सहित प्राचार्य कार्यालयमा सम्पर्क राख्नु भएकोले प्रक्रिया अगाडि बढेको र स्थानीय अभिभावक बिच भएको बादबिबाद संग कार्यालयको कुनै सरोकार नभएको प्रक्रियागत रूपमा आएको कार्यलाई प्रक्रियागत रूपमा अगाडि बढाउनु आफ्नो कर्तव्य रहेको जानाकारी दिनुभयो।यदि बाहिर हल्लाका आधारमा डिपिआर तैयार भएको स्थान बाहेक अन्यत्र भबन बनाउने योजना हो भनेपनी उचित समयमा नै त्यही प्रक्रिया अनुसार सम्झौता गर्न आउनु पर्ने थियो। त्यो अब ढिला भैसक्यो।"लगन पछिको पोते"जस्तो भयो।

उहाँको भनाई रहेको छ। यता ब्यबस्थापन समिति जनप्रतिनिधि स्थानिय राजनीति दलका नेता अधिकांश अभिभावक हरुको अनुरोधमा साउन ४ गते नि:शुल्क जग्गा उपलब्ध गराउने भनी सकेपछि पनि किन प्रक्रिया अगाडि बढाइएन।अन्तिममा आएर त्यही पुरानो साँगुरो स्थानमा नै भबन बनाउन थियो भने किन नयाँ ठाउँमा पनि भबन बनाउन सकिन्छ भनियो।स्थान अभाबले अहिले पनि विद्यार्थीले प्रार्थना गर्दैनन।

अहिले त ५०० विद्यार्थी छन।यसको सत्य तथ्य यथार्थ जानाकारी नदिएसम्म हामी ताला खोल्न दिंदैनौं। विद्यालय जस्तो पबित्र स्थानलाई किन केही ब्यक्तिको स्वार्थमा प्रयोग गरियो।सोही विद्यालयमा ३८ बर्ष शिक्षण सेवा गर्नु भएका मान बहादुर रायमाझीले आक्रोश पोख्नु भयो।कसैको जग्गा खरिद गर्न मोलतोल गर्ने कसैले नि:शुल्क जग्गा उपलब्ध गराउँदा पनि सहर्ष स्वीकार गर्न नसक्ने हामिलाई केही ब्यक्तिसंग शंका छ।किन दीर्घकालीन रूपमा हेरिन्न।उहाँको गुनासो छ। स्वास्थ्य उपचारको क्रममा रहनु भएका वडा अध्यक्ष खगेश्वर पंथी संग सम्पर्क गर्दा राजनीतिक सहमतिको निम्ति २ महिना सम्म अथक प्रयास गर्दा पनि सहमति नजुटेको अबस्थामा प्रक्रिया अगाडि बढेको भन्ने जानाकारीमा आएको छ।आएको बजेट फृज हुन दिनु भएन।नि:शुल्क जग्गादाता ज्यु हरुलाई उच्च सम्मान गर्दै आगामी बर्षमा हुने अन्य भबनको निम्ति सहमति जुटाएर प्रस्तावित स्थानमा भबन बनाउन पहल गरिने बताउनु भयो।

विद्यालय जस्तो पबित्र स्थानमा कतै राजनिती झै झगडा र खिचातानीले करोडौंको योजना अलपत्र पर्ने त होइन।धेरै अभिभावकको आशंका र चिन्ता बढेको छ। सम्बन्धित निकायहरु समयमै जिम्मेवार बनौं। बिकासलाई कसैको जुँगाको लडाई नबनाउँ।एकपटक आएको बिकास बिबादले फर्केर गयो भने दशकौं सम्म फर्केर आउँदैन। तस्बिर १ विद्यालय भबन तस्बिर २ प्रस्तावित नयाँ भबन बनाउन जग्गा दाताबाट प्राप्त हुने सम्मो वारि


 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय