नेपाली काँग्रेसको १४औं महाधिवेशन शितगंगामा मतदान सकियो,२५१ मत खस्यो सभापतिमा पन्थिको बिजय

  
नेपाली काँग्रेसको १४औं महाधिवेशन शितगंगामा मतदान सकियो,२५१ मत खस्यो सभापतिमा पन्थिको बिजय

 झनक केसि

अर्घाखाँची /असोज ९ शितगंगा- नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शितगंगामा भएको नगरको मतदानमा १५१ मत खसेको छ । १५३ मतदाता रहेकोमा मतदानको समय अवधिभरमा १५१ मत खसेको निर्वाचन समितिले जनाएको छ । शितगङ्गा नगरपालिकाको सामुदाहिक भवन अमराइमा मतदान भएको थियो ।

मतदान दिउँसो साढे २:१० बजेबाट सुरु भएको हो । मतदाताका रुपमा नगर सभापतिका प्रत्यासी मोहन प्रसाद पन्थिले मतदान गरे पछि अन्तिम चरणमा मतदान अर्का प्रत्यासी मोति बहादुर बेल्बासेले गरेका थिए । पन्थी प्यानलबाट उपसभापतिमा यदु पोख्रेल र नुन बहादुर बिसि सचिवमा हेमनाथ भुषाल र कमल ढकाल,सहसचिवमा नारायण सुनार र ठाकुर प्रसाद बन्जाडे उम्मेदवार छन् ।

यसैगरी बेल्बासे प्यानलमा उपसभापतिमा मान बहादुर सारु र बिष्नु बेल्बासे सचिवमा निर्मल बेल्बासे,चन्द्रमणि बेल्बासे सहसचिवमा चन्द् रेस्मी र मोहन बन्जाडे उम्मेदबार छन् ।

शितगंगामा २५३ जना क्षेत्रीय प्रतिनिधि मध्ये २५१ जनाले मतदान गरेको मतदान अधिकृत दुर्गा प्रसाद बेल्बासेले जानकारी दिए। अर्घाखाँची जिल्लाका ६ वटा पालिकाहरु मध्ये गाउपालिकामा सर्वसम्मत गरिएको थियो भने नगरपालिकामा निर्वाचन प्रकृयाबाट अधिबेशन गरेका थिए।

No description available.

अर्घाखाँची जिल्लामा खटिनु भएका जिल्ला निर्वाचन अधिकृत दुर्गा प्रसाद बेल्बासे जानकारी दिए। मतगणना पछि सभापतिमा माेहनप्रसाद पन्थि १४३ भोट पाएका छन भने मोति बेल्बासेले १०६ भोट पाए जस मध्य २ बदर भएको जानकारी प्राप्त भएको छ। पन्थिले ३५ भोटको अन्तरले सभापतीमा जित हासिल गरेका छन ।

उपसभापतिमा मानबहादुर सारू १२१ र विष्णुराज बेल्वासे १२९ भोटले बिजय भएका छन भने प्रत्यासी नुनबहादुर विसि ११३ भोट र यदुप्रसाद पाेख्रेल ९४ भोट प्राप्त गरेका थिए ।

सचिवतर्फ चन्द्र मणि बेल्बासेले १५१ भोट र हेमनाथ भुषालले १४० भोट लिएर बिजय भएका छन भने प्रत्यासी कमलप्रसाद ढकाल ९२ निर्मल कुमार बेल्वासे ८८ भोट प्राप्त गरेका छन । सहसचिव तर्फ चन्द्रबहादुर रेश्मी १४७ भोट ठाकुर बन्जाडे १३४ भोट प्राप्त गरि बिजय भएका छन ।

प्रत्यासी नारायण सुनार ९२ सन्ताेष बेल्वासे ८३ भोट लिएका थिए। सदस्यमा ताराप्रसाद अधिकारी १९० भोट फर्सुराम पाैडेल १३८ लिई बिजय भएका छन भने यमबहादुर घर्ती ९९ भोट प्राप्त गरेका थिय।

अर्घाखाँचीमा ६ ओटै पालिकामा सभापतिमा युवाले हात पारेका छन शितगङ्गामा मोहन पन्थि,पाणिनीमा तुल्सी पौडेल,भुमिकास्थान खडानन्द बेल्बासे,सन्धिखर्क बाबुराम भुसाल,मालारानी शोभाखर खनाल,छत्रदेवबाट प्रकाशराज पन्थि नेपाली काङ्ग्रेसको १४औ महाधिवेशनमा विजयि भएका छन।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय