एक जना यात्रुले मास्क लगाउन नमानेपछि अमेरिकाबाट बेलायत जाँदै गरेको जहाज आकासबाटै फर्कियो

  
एक जना यात्रुले मास्क लगाउन नमानेपछि अमेरिकाबाट बेलायत जाँदै गरेको जहाज आकासबाटै फर्कियो

अमेरिकाबाट बेलायतको लागि उडेको एउटा विमान एक जना यात्रुले मास्क लगाउन नमानेपछि उडानकाे बीचबाटै फर्किएको छ । फ्लोरिडाको मियामी सहरबाट लन्डन गइरहेको अमेरिकी एअरलाइन्सको जहाजमा रहेका एक जना यात्रुले मास्क लगाउन नमान्दा विमान नै फर्काएको समाचारसंस्था सीएनएनले जनाएको छ ।

बोइङ ७७७ जहाजमा एक सय २९ जना यात्रु रहेका थिए । परिचारिकाले मास्क लगाउन पटक पटक आग्रह गर्दा पनि एक जना यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि मध्य आकासबाटै जहाज फर्काउनुपरेको एअरलाइन्सले विज्ञप्ति निकालेर जानकारी गराएको छ । विमान फर्किएर उडान भरेकै विमानस्थलमा अवतरण गरेपछि मास्क लगाउन अस्वीकार गर्ने यात्रुलाई प्रहरीले पक्राउ गरेको छ ।

अमेरिकन एयरलाइन्सले मास्क लगाउन नमान्ने यात्रुलाई आउँदा दिनमा आफ्ना कुनै पनि उडानमा सेवा नदिने बताएको छ । अमेरिकामा उडानहरुमा कोभिड नियम पालनालाई अत्यन्त्यै कडाई गरिएको छ ।

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय