प्रिमियर लिगका शीर्ष टिम एफए कपको पाँचौ चरणमा

  
प्रिमियर लिगका शीर्ष टिम एफए कपको पाँचौ चरणमा

​इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी, चेल्सी र टोटेनह्यामले एफ ए कपको पाँचौं चरणमा स्थान बनाउन सफल भएका छन्।

शनिबार भएको चौंथो चरणको खेलमा चेल्सीले प्लेमाउथलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै अर्को चरणमा पुग्दा अर्को खेलमा सिटीले फूलह्यामलाई ४-१ ले पराजित गर्दै पाँचौ चरणमा स्थान बनायो। त्यस्तै टोटेनह्यामले ब्राइटनलाई ३-१ ले पराजित गर्दै पाँचौ चरण पुगेको हो।​

स्टामफोर्ड ब्रिजमा खेलको आठौं मिनेटमा मेकोउले गिलेस्फेले गोल गर्दै प्लेमाउथलाई सुरुआती अग्रता दिलाए पनि चेल्सीले खेलमा संघर्षपुर्ण जित निकाल्यो। ४१ औं मिनेटमा कप्तान सेजर एज्पिलिक्वेटाले गोलमा चेल्सी खेलमा फर्कियो।

पहिलो हाफ १-१ को बराबरी भएको खेलमा दोस्रो हाफमा थप गोल हुन सकेन। अतिरिक्त समयको १०५ औ मिनेटमा चेल्सीका मार्कोस अलन्सो नायक सावित भए। तर खेलमा ११७ औं मिनेटमा प्लेमाउथले पेनाल्टीको अवसर पाएपनि रायन हार्डीको प्रहार चेल्सीका गोलरक्षकले केपाले बचाएपछि चेल्सी विजयी भएको थियो।

त्यस्तै  म्यानचेस्टर सिटीले फुलह्याम माथि सहज जित निकाल्यो। शनिबार राति भएको खेलमा फुलह्यमलाई ४-१ गोल अन्तरले पराजित गर्दा घरेलु मैदानमा सिटीले पुनरागमन गरेको थियो।

खेलको चौंथो मिनेटमा फाबियो कार्भाल्होले गोल गर्दै फुलह्यमलाई सुरुआती अग्रता दिलाएका थिए। तर, छैटौं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा ल्याए। १३ औं मिनेटमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई अग्रता दिलाउँदा टीमका लागि तेस्रो गोल ५३ औं मिनेटमा रियाद महरेजले पेनाल्टी संभव बनाए। सहज जित दिलाउने क्रममा ५७ औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो तथा टिमको लागि चौंथो गोल गरे।

त्यस्तै शनिबारनै भएको खेलमा  एभर्टन, टोटेनह्याम, वेस्ट ह्याम युनाईटेड, क्रिस्टल प्यालेस, नर्विच सिटी,  स्टोक सिटी, पनि एफए कपको पाँचौं चरणमा प्रवेश गर्न सफल रहे।

 

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय