वेदव्यासकाे जन्म

वेदलाई चार भागमा बाँडी वर्तमान रुपमा संकलन

  
वेदव्यासकाे जन्म

प्राचीनकालमा सुधन्वा नामका एक राजा थिए । उनी एकदिन सिकारका लागि जंगल गए । उनी जाने दिन नै उनकी श्रीमती रजस्वला भइन । उनलेे यश समचारलाई आफ्नाे पंक्षिकाे माध्यमबाट राजाकोमा पुर्‍याउने समचार पाए । महाराजा सुधन्वाले एक टपरीमा आफ्नाे बिर्य निकालेर पंक्षीलाई दिए ।

पंक्षीले उक्त टपरी लाई रानीकाेमा पुर्‍याउन भनी आकासमा उड्याे । बाटामा उक्त पंक्षी र अर्काे पंक्षी बिच भेट भयाे । दुबै पंक्षी बिच युद्ध भयाे । युद्धका बेला टपरी भुईमा खस्याे । जुन तल यमुना नदि थिईन त्यही खस्याे । यमुना नदिमा ब्रह्माकाे श्राप पाएकी एक अप्सरा माधावानी पाैडि खेलिरहेकी थिईन् ।

माछारुपी अप्सराले उक्त बिर्य खाईन् । उनी गर्भवती भईन्। गर्भ पूर्ण भए पछि एक माझीले उनलाई जालमा फसायाे । उक्त माझीले जब माछा लाई चिरे तब उसको पेट बाट बालक,बालिका निस्के।माझीले शिशुहरूलाई लिएर महाराज सुधन्वा नजिकै गए । महाराज सुधन्वाकाे पुत्र नभएका कारण उनले बालकलाई अाफू सँगै राखे।जसको नाम मत्स्यराज राखियो ।

बालिका भने माझीले नै राखे। जसकाे नाम मध्स्यगंधा राखियो । किनकी उनकाे अंगहरू देखि माछाकाे गंध आउथ्याे । उनलाई सत्यवतिकाे नामबाट पनि चिनिन्छ। उनी ठूली भए पछि डुङ्गा चलाउने कार्य गर्न थालिन् ।

एक पटक पाराशर मुनि उनको डुङ्गामा बसेर यमुना नदि पार गर्न थाले । साेहि क्रममा उनी सत्यवतिकाे रूप साैन्दर्यमा आशक्त भएर भने देवी म तिम्रो साथ सहवास गर्न चाहान्छु । सत्यवतिले भनिन् मुनिवर तपाईं ब्रह्मज्ञानी हाे र म माझी कन्या हाम्रो सहवास सम्भावना छैन। पाराशर भने बालिके तिमी चिन्ता नगर प्रसुति भएपछि पनि तिमी कुमारी नै रहने छाै ।

यति भनेर उनलेे आफ्नाे याेग बलले चारैतिर कुहिराेकाे जाल रची दिएर सत्यवति सँग सहवास(भाेग)गरे । तत्पश्चात उनलाई आशिर्बाद दिदै उनले भने तिम्रो शरीर देखि जुन माछाकाे गन्ध आउछ त्यो सुगन्ध परिवर्तित् हुने छ। समय दसमास पुरा भएपछि सत्यवतिकाे गर्भ देखि बेेदबेदाङ्गहरूमा पारंगत एक पुरूषकाे जन्म भयाे ।

जन्म हुदा नै ति बालक ठूला भएर माता सँग भने माता हजुर जब बिपत्तिमा मलाई स्मरण गर्नु हुन्छ म उपस्थित हुनेछु । यति भनेर उनी तपस्या गर्नकाे लागि द्वैपायन दीप गए ।

द्वैपायन दीपमा तपस्या गर्न गर्न थाले तपस्याका कारण उनको शरिरकाे रंग काला भएको कारण उनलाई कृष्णद्वैपायन भनेर चिनिन थालियो । पछि ती नै कृष्ण द्वैपायन बेदब्यासकाे नामले बिख्यात् भए ।ॐ।

साभार : गुरु लक्ष्मण मरासिनीको फेसबुकबाट

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय