‘एक मिर्गौलाको गाउँ’ जहाँ बाँच्नका लागि बेचिन्छ आफ्नै अङ्ग

  
‘एक मिर्गौलाको गाउँ’ जहाँ बाँच्नका लागि बेचिन्छ आफ्नै अङ्ग

हेरात शहर नजिकैको एक अफगानी गाउँ सेन्साइबा बजार एउटामात्र मिर्गौला भएको मानिसको गाउँको रुपमा परिणत भएको छ । यहाँ जीवन धान्नकै लागि आफ्नो एक मिर्गौला बिक्री गरिसकेका मानिसको संख्या धेरै छ ।

गत वर्ष तालिबान सत्तामा आउनुपूर्व पनि अफगानिस्तानको अर्थतन्त्र त्यति राम्रो थिएन । तालिबानले सत्ता हातमा लिएपछि यो एसियाली राष्ट्रको अर्थतन्त्र टाट पल्टेको अवस्थामा पुुगेको छ र धेरैलाई आफ्नो परिवारका लागि भान्सामा खाना पुु¥याउन संघर्षरत अवस्थाबाट गुज्रनु परेको छ ।

अवस्था यतिसम्म खराब छ कि उनीहरु आफ्नो ऋण तिर्न र खाद्यान्न किन्नका लागि एउटा मिर्गौला नै बिक्री गर्नका लागि बाध्य हुने गरेका छन् । उनीहरु बजारमा सामान किन्न समेत आफ्नो एउटा मिर्गौला बिक्री गर्न बाध्य भएका छन् ।

‘मैले चाहेको थिइनँ, तर मसँग विकल्प नै थिएन । मैले मेरा बालबच्चाका लागि यसो गरेँ,’ एएफपी समाचार एजेन्सीसँग ३२ वर्षीय नुरुद्दिनले भने, ‘हाल आएर मलाई यसमा पछुतो छ किनभने म अब लामो समयसम्म काम गर्न सक्दिनँ । मलाई पीडा हुन्छ र म गह्रौं सामग्री उचाल्न सक्दिनँ ।’

विश्वभरिनै मानव अङ्गको बिक्री अवैध रहँदै आएको छ । तर अफगानिस्तानमा यसको नियमन भएको छैन र दाताले लिखित सम्झौता गर्नुपर्नेछ । अङ्ग दान गरेपछि के हुन्छ रु यो कहाँ जान्छ रु कसैलाई पनि थाहा छैन । यस विषयमा चिकित्सकले उनीहरुले सोधपुछ गर्न नपाउने प्रतिबद्धताको माग गर्छन् ।

अफगानिस्तानमा कति मिर्गौला बिक्री गरियो भन्ने यकिन थाहा पाउन मुश्किल छ । रेकर्डले हेरात प्रान्तमा सयौं मिर्गौला निकाल्ने शल्यक्रिया गरिएको देखाएको छ । यो पनि विगत केही वर्षको अवधिमा मात्रै हो । मानिसको आर्थिक अवस्था बिग्रिएसँगै यस किसिमको प्रक्रियामा वृद्धि हुने गर्छ ।

‘मैले मेरो मिर्गौला २ हजार ९०० अमेरिकी डलरमा बिक्री गरेँ,’ एक महिलाले भनिन्, ‘मैले यसो गर्नुप¥यो । मेरो श्रीमान काम गर्दैनन् । हाम्रो ऋण पनि छ ।’

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय