दक्षिण कोरियामा जन्मभन्दा मृत्युदर धेरै

  
दक्षिण कोरियामा जन्मभन्दा मृत्युदर धेरै

एजेन्सी । दक्षिण कोरियामा गएको वर्ष जन्मभन्दा मृत्यु धेरै भएको छ । सन् २०२० मा दुई लाख ७५ हजार आठ सय बालबालिका जन्मिँदा सबै उमेरका गरि तीन लाख सात हजार सात सय ६४ जनाको ज्यान गएको छ ।

सन् २०१९ को तुलनामा सन् २०२० मा १० प्रतिशत कम बालबालिका जन्मिएको बीबीसीमा उल्लेख छ । इतिहासमै पहिलो पटक जनसङ्ख्या वृद्धि नकारात्मकतर्फ गएपछि दक्षिण कोरियामा चिन्ता बढेको छ । दक्षिण कोरिया विश्वमै कम जन्मदर भएको देशको सूचीमा पर्छ । जन्मदर घट्दै गएपछि दक्षिण कोरियाको आन्तरिक मामिला मन्त्रालयले अघिल्लो महिना जनसङ्ख्यासम्बन्धी नीतिमा परिवर्तन गरी सन् २०२२ देखि जन्मिने हरेका बच्चाको स्याहारका लागि परिवारलाई एक हजार आठ सय ५० अमेरिकी डलर प्रदान गर्ने व्यवस्था गरेको छ ।

यस्तै बच्चा एक वर्षको पुग्ने बेलासम्म मासिक तीन लाख कोरियन वन दिने व्यवस्था गरेको छ । घट्दो जनसङ्ख्याले दक्षिण कोरियामाथि अत्यधिक दबाब बढेको छ । बढ्दो उमेरका धेरै जनसङ्ख्याका कारण स्वास्थ्य सेवा र पेन्सनका लागि धेरै राजस्व खर्च गर्नुपर्ने हुन्छ र युवाहरूको घट्दो जनसङ्ख्याका कारण दक्षिण कोरियामा कामदारको पनि कमी भइरहेको छ ।

यी दुई कारणले दक्षिण कोरियाको अर्थ व्यस्थामा प्रत्यक्ष असर पर्ने गरेको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय