परदेश बाट आफ्नी श्रीमतीकोलागि सागरको पत्र

  
परदेश बाट आफ्नी श्रीमतीकोलागि सागरको पत्र

इजरायल, जेठ २२ । प्रिय मुटु , सात समुन्द्र बाट अशिम माया अनि सम्झना सायद तिमि यो परदेशी लाइ सम्झेर  दिनहु तड्पिन्छौ होला । प्रिय सोच्छौ होला परदेशीले ढाट्यो भनेर १० महिना मा फर्किन्छु भनेर आज २२ महिना बित्दा पनि फर्किएँन  भनेर । तर प्रिय म रहर ले हैन प्रदेश पसेको बाध्यता ले हो त्यस्तै म बाध्यता ले नै तिमीलाई दिएको बचन मा घर फर्किन सकेन  । न त् म आज चाहेर नै नेपाल आफ्नो मातृभूमि फर्किन सक्छु ।  

प्रिय म छिट्टै घर आउंछु भनेर परदेश पसेको म आज तिमीलाई यसै दिन  घर फर्किन्छु भनेर यकिन दिन दिन नसक्ने भएको छु किनकि तिमि पनि बुझ्छौ नि  पापी कोरोना  मलाइ परदेश मै बस्न बाध्य बनाएको छ । 

जब छोरो ले सोध्छ बाबा घर कहिले आउने म सधै भन्छु  छोरो म भोलि आउन्छु  अब त् छोरोले पनि मेरो बिस्वास गर्न छोडिसक्यो बाबा सधै भोलि घर आउछु भन्छ तर कहिल्यै आउदैन । मेरो छोरो, मेरो मुटु  म अब छिट्टै आउंछु अब म झुट बोल्दिन म अवस्य तिम्रो लागि मिठाइ अनि खेलौना लिएर आउने छु ।

 मेरी प्रिय मेरा भगवान मेरा बाबा आमा को राम्रो संग ख्याल गर्नु उहाको आशिर्बाद नै मेरो सफलता को मार्ग हो । अनि आमा बाबा लाइ पनि भन्देउ है प्रिय हजुरको छोरा अब छिट्टै खुशी लिएर परदेश बाट आउदै हुनुन्छ ।

प्रिय अब म तिमीलाई धेरै कुराउन चाहान्न छिट्टै आउनेछु अब प्रतीक्षा को घडी नजिक आउदै छ । म आउदै छु प्रिय धेरै खुशी लिएर । अहिले लाइ बिदा बाकि अब हाम्रो भेट मा। 

 


-सागर मरासिनी 
सन्धिखर्क -८ किमडांडा  , अर्घाखाँची 
हाल-इजरायल


 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय