नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

  
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाण्डौ । नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले बस्दैछ ।

पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेसले आज पदाधिकारी बैठक बोलाएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्यसमेत सहभागी हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा गएको असोज १२ गते पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ‘पार्टी विधानसम्मत सञ्चालन गरी चौधौं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस् भनेर सभापति शेरबहादुर देउवालाई बुझाएको पत्रका बारेमा समेत छलफल हुने पार्टीका मुख्य सचिव पौडेलको भनाई छ ।

आउँदो १४ औँ महाधिवेशनको तयारीबारे छलफल गर्न कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २१ गते बोलाएको छ । १४ औँ महाधिवेशन आउँदो फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कांग्रेसले महाधिवेशन तालिका सार्वजनिक गरेपनि कोरोना भाइरस सङ्क्रमणका कारण महाधिवेशन तालिका प्रभावित हुने देखिएको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय