आफूविरुद्धको आरोपपत्र फिर्ता लिन ओलीको आग्रह, प्रचण्डद्वारा अस्वीकार

  
आफूविरुद्धको आरोपपत्र फिर्ता लिन ओलीको आग्रह, प्रचण्डद्वारा अस्वीकार

काठमाण्डौ । आफूविरुद्धको आरोपपत्र फिर्ता लिन प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको आग्रहलाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेका छन ।

प्रचण्ड निवास खुमलटारमा पुगेर ओलीले आफूविरुद्धको आरोपपत्र फिर्ता लिन आग्रह गरेका हुन । पार्टीभित्रको आन्तरिक विवाद बढिरहेको समयमा ओली प्रचण्ड निवास खुमलटार गएका थिए । प्रचण्ड र ओलीबीच छलफल चल्दै गर्दा उपाध्यक्ष बामदेव गौतम पनि खुमलटार पुगेका थियो । नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला छलफलका लागि प्रधानमन्त्री ओली पहिलोपल्ट कार्यकारी अध्यक्ष प्रचण्ड निवास पुग्नुलाई नेकपाभित्र निकै चासोका रुपमा हेरिएको छ । अध्यक्ष प्रचण्डसँग छलफल गरेर ओली गृहमन्त्री रामबहादुर थापा बादलको निवास पुल्चोक पुगेका हुन ।

पुल्चोकमा ओलीसहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङ, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल र कानुनमन्त्री शिवमायाँ तुम्बाहाम्फे पनि सहभागी भएका थिए। प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाड्न प्रधानमन्त्री ओलीलाई निरन्तर दबाब दिइरहेका छन् भने ओलीले दुवै पद नछोड्ने भन्दै नेताहरुलाई आफ्नो पक्षमा पार्न फकाउँदै आएका छन ।

दुवै पक्षले आ–आफ्नो समूहको छुट्टाछुट्टै भेला राख्न थालिसकेका छन् । पछिल्लो पटक संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएसँगै नेकपाको विवाद थप बढेको छ । नेकपाले पुष ५ गते स्थायी कमिटी र पौष १० गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय