बस दुर्घटनामा मृत्यु भएकाको सनाखत

  
बस दुर्घटनामा मृत्यु भएकाको सनाखत

दाङ, २१ चैत ।  यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका दुईजनाको सनाखत भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–९ पैतेका २९ वर्षीय अतिराम चौधरी र बुटवल सैनामैनाका यादव खनाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिनुभयो । 

दाङको तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु१ख ९८६३ नम्बरको यात्रुबस बस लमही–घोराही सडकखण्डको मुसोट नजिकै शुक्रबार बेलुका दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका थिए । घाइते भएकामध्ये छ मध्यम, दुई गम्भीर घाइते भएको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुईजनालाई गए राति नै थप उपचारको लागि कोहलपुर शिक्षण अस्पतालमा पठाइएको छ भने छ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइते उपचारपछि घर फर्किसकेका छन् । बस बे्रक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय