चिनियाँ आर्थिक प्रणाली ‘गैरबजार’ रहेको अमेरिकी आरोपबारे चीनको खण्डन

  
चिनियाँ आर्थिक प्रणाली ‘गैरबजार’ रहेको अमेरिकी आरोपबारे चीनको खण्डन

एजेन्सी । चिनियाँ आर्थिक प्रणाली ‘गैर-बजार’ रहेको अमेरिकी आरोपबारे चीनले खण्डन गरेको छ । चिनियाँ वाणिज्य मन्त्रालयले आरोप आधारहीन र तर्कसङ्गत नरहेको टिप्पणी गरेको हो ।

अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक नियमका सम्बन्धमा अमेरिकाले चीनमाथि लगाउने गरेका आरोप पूर्णतः तथ्य विपरीत भएको मन्त्रालयको दाबी छ ।  मन्त्रालयका प्रवक्ता गाओ फेङले अमेरिकी व्यापार प्रतिनिधि कार्यालयको प्रतिवेदनले गरेका दाबीलाई खण्डन गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रतिवेदनमा अमेरिकाले चीनको गैर–बजार नीति र अभ्यास समाधान गर्न नयाँ रणनीति खोज्न आवश्यक रहेको उल्लेख छ । तर चिनियाँ वाणिज्य मन्त्रालयले अमेरिकालाई तर्कसङ्गत तथा व्यावहारिक नीति अपनाउन र दुई देशबीचको सम्बन्धलाई सुमधुर रूपमा अघि बढाउन आह्वान पनि गरेको छ ।   

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय