अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नम्बर-१ मा एकै घर परिवारका ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
शितगंगा नगरपालिका-७, जलुके घर भई हाल सन्धिखर्क बस्दै आएका विशाल खड्काको परिवारका ८ जनामा कोरोना देखिएको हो । उनकी आमा, श्रीमती, छोरा, छोरी, भाई र २ बहिनीमा कोरोना देखिएको विशाल खड्काले जानकारी दिए ।
शहिदपुत्र खड्का नेकपा जिल्ला कमिटी सदस्य हुन् । द्वन्दकालमा राज्य पक्षबाट उनका बुवाको हत्या भएको थियो ।
प्रतिकृया दिनुहोस