अर्घाखाँची । अर्घाखाँचीको सुपादेउराली भिरबाट खसेर एक युवकको ज्यान गएको छ ।
शितगंगा-२, सुपादेउराली मन्दिर नजिकको भिरबाट खसेर पाणिनी गाउँपालिका वडा नम्बर ७ अडगुरीका १९ बर्षिय अनिल आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टी गरेको छ ।
परिवारका अनुसार आचार्य आईतवार पाणिनीको अड्गुरीबाट सुन्तला बेच्न हिंडेका र सोही दिन साँझदेखि सम्पर्कविहिन भएका थिए । सोमवार प्रहरीचौकी नरपानी र परिवारजनले खोजी गर्दा सुपादेउराली देखी २ सय मिटर दक्षिणपट्टी शितगंगा-२ को शितखोलामा उनको शव भेटिएको थियो ।
शवलाई अर्घाखाँची अस्पतालमा पोस्टमार्टम पश्चात परिवारको जिम्मा लगाएको प्रहरीले बताएको छ । आचार्य कसरी सडकबाट तल खसे भन्ने बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रामनारायण गुप्ताले जानकारी दिए ।