नेकपा द्वन्दको आगो अर्घाखाँची सम्म फैलिएको हो त ?

नेकपाका युवा नेता प्रेमनारायण गैरे र राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का बिचको फेसबुक वादविवादले राजनिती वृत्त तातेको छ ।

  
नेकपा द्वन्दको आगो अर्घाखाँची सम्म फैलिएको हो त ?

नेकपाको आन्तरिक संघर्ष र विवाद उत्कर्षमा पुगेको छ । दुई अध्यक्षबिच कुरा नमिल्दा पार्टि एकता संतुलन डेन्जर जोनमा देखिएको हो । आन्तरिक संघर्ष र कलहले पार्टी फुट नजिक पुगेको कतिपयको धारणा छ भने कतिपयले यसलाई सामान्य झगडाको रुपमा चित्रण गरेका छन् ।
नेकपाको आन्तरिक किचलोले कुन मोड लिने हो त्यो यही मंसिर २८ को स्थाई कमिटी बैठक बसेपछी अनुमान गर्न सकिएला तर, अहिले केन्द्रको झगडा भुसको आगो झैं जिल्लास्तरमै फैलिएको देखिन्छ । चोकदेखी सार्वजनिक फोरमका अनौपचारिक छलफलमा प्रचण्ड ठिक या ओली ठिक भन्ने विषयमा आआफ्नै तर्क पेश गरेको पाईन्छ । आफु निकट नेताहरुलाई चोख्याउन सबैले आफ्नै दृष्टिकोण ठिक भन्ने भावका दलिल पेश गरेको देखिन्छ ।

 नेकपा युवा नेता प्रेमनारायण गैरे र राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का बिचको फेसबुक लडाई

गत मंसिर २२ गते नेकपा जिल्ला कमिटी सदस्य एव्ं प्रेस संगठनका जिल्ला ईन्चार्ज (पुर्व एमाले) प्रेमनारायण गैरेले फेसबुकमा एउटा स्टाटस राखे । जुन स्टाटसमा पार्टीले हरेक तहमा विधी पद्दती मिच्दै गएको र आफु अनुकुलका पात्रहरुलाई काखी च्यापेको भावको कुरा थियो ।

यो स्टाटसमा राष्ट्रियसभा सदस्य एवं नेकपा नेता (पुर्व माओवादी) चन्द्रबहादुर खड्का उज्वलले कमेन्ट गरे । गैरेको स्टाटसमा कमेन्ट गर्दै उनले साथीहरुलाई गाह्रो हुनेभए आफु कुनैपनी कार्यक्रममा प्रमुख अतिथी नहुने भाव प्रस्तुत गरे । त्यसको जवाफमा गैरेले एकता प्रक्रिया देखिनै सामाजिक न्याय सहितको आम कार्यकर्ताको पार्टी साझा र बलियो पार्टी बनाउन उठाउदै आइरहेका कुरालाई स्मरण गराएको बताए ।

त्यसपछीको कमेन्टमा राष्ट्रियसभा सदस्य खड्काले आक्रोश व्यक्त गरेका छन् । आफु प्रमुख अतिथी भएकोमा डाहा नर्गन उनले भनेका छन् । त्यो कमेन्टमा पनी गैरेले प्रतिक्रिया जनाएका छन् ।

यो स्टाटसमै वाक्युद्ध रोकिएन । नेकपा नेता गैरेले मंसिर २३ गते फेसबुकमा फेरी अर्को स्टाटस् राखे । उनले अँघिल्लो क्रियाप्रतिक्रियालाई आधार बनाएर जनसम्बन्धको निरन्तरता नै हाम्रो कमजोरी हो ? भनेर लेखेका छन् । मृत्युमा श्रद्धाञ्जली र जन्मदिनमा शुभकामना दिदा पनी विरोध हुने प्रवृत्ती किन होला ? भनेका छन् ।

यो स्टाटसमा पनी राष्ट्रियसभा सदस्य खड्काले प्रतिक्रिया व्यक्त गरे । आफु प्रमुख अतिथी भएकोमा डाहा गर्नेसंग आफ्नो पनी चित्त दुखाई रहेको प्रतिक्रिया दिए । कमेन्टको प्रतिक्रियामा गैरेले हाँसेको फोटा पठाएका छन् । त्यसको जवाफमा खड्काले पनी हाँसेको फोटा पठाएर एकअर्कालाई गिज्जाएको भाव दिएका छन् ।

गैरेसंग मात्र नभएर खड्काले कमेन्ट गर्ने अधिकांश व्यक्तीलाई प्रतिक्रिया जनाएका छन् । 

                                       

खड्काले मंसिर २३ गते गैरेको स्टाटस् पुन अध्ययन्का लागी भन्दै शेयर समेत गरेका छन् ।

गैरेले यो व्यक्ती विषेश नभई प्रवृत्तीको कुरा रहेको बताए । कुनै व्यक्तीप्रती आफ्नो कटाक्ष नरहेको भन्दै उनले पछिल्लो प्रवृत्तीलाई ईकित गरिएको बताए । यो स्टाटस र त्यसका प्रतिक्रियामा जिल्लाकै ध्यान केन्द्रित भएको छ । केन्द्रमा विवाद चुलिदै जानु र जिल्लामा पनी पुर्व एमाले र पुर्व माओवादी बिचका नेताहरुबिचको तिक्ततापुर्ण वादविवाद हुनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

यो वादविवादले दुई खेमामा विभाजन भएका केन्द्रिय नेताहरुको छायाँ जिल्लास्तरसम्म देखिएको भनेर अथ्र्याउन थालिएको छ । सामान्य विवाद हुनु, टिकाटिप्पणी र घोंचपेच हुनु स्वभाविक भएपनी केन्द्रिय स्तरमा विवाद चलिरहेकै बेला यो घोंचपेच सामान्य होइन भन्ने तर्क गर्नेहरु पनी छन् । केन्द्रिय नेताहरुका गुटका हाँगा जिल्ला स्तरसम्म फैलिएको सर्वविधितै छ ।

नेकपा अर्घाखाँचीका शिर्षस्थ नेताहरु पनी गुट अनुसार विभाजित छन् । जो जुनसुकैे खेमामा भएपनी सबैको चाहाना पार्टि मजबुत होस् भन्ने नै छ । ‘बाघ कराएको बाख्रो हराएको’ भन्ने कथन संग मेल खाने यो क्रियाकलापबाट नेकपाका आम कार्यकर्ता पक्कै खुशी छैनन् । 

यदि सामाजिक सन्जालमा असहमति सार्वजनिक गर्दै द्वन्द्वलाई बढावा दिएको हो भने यो जिल्लाको नेकपा पार्टीकै लागि दुखद कुरा हो । जसलाई नेतृत्व तहले आन्तरिक छलफल बाट सहमतिमा पुर्‍याउन भुमिका खेल्नुपर्ने देखिन्छ । अन्यथा जिल्ला हुँदै वडा र गाउँ तह सम्मै यस्तै मतभेद झांगिदै गए केन्द्रमा पुनः सहमति भएपनी गाउँका दरार भरीन समय लाग्ने पक्का छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय