घरेलु अर्घाखाँचीमा अफरै अफर, सक्कली उद्यमीलाई प्रोत्साहन गर्ने

  
घरेलु अर्घाखाँचीमा अफरै अफर, सक्कली उद्यमीलाई प्रोत्साहन गर्ने

लक्ष्मण घिमिरे ।

अर्घाखाँची । नेपालमा केही छैन म त विदेश जान लागें । नेपालमा केही गर्ने वातावरण नै छैन । केही गर्छु भन्यो कँहीबाट सहयोग हुन्न । हामीलाई कस्ले पत्याउँछ र केही गर्नलाई । पहुँचवालालाई सहयोग हुन्छ हामी त खाडी मै हो ।

बाटोघाटो, चियाचौतारो, पार्कहरुमा यस्ता शब्दहरु प्रत्येकदिन युवायुवतीहरुको मुख बाट सुन्ने गरिन्छ । सरकारले केही गरेन, सहयोग भएन, वातावरण छैन जस्ता शब्दहरु प्रयोग गरिरहँदा सरकारका तर्फबाट भईरहेका प्रयासहरुमा सर्वसाधारणको पहुँच नपुगेको वा सुचनाको पहुँचको कमी देखिन्छ ।

आर्थिक विकासका आधार लघु, घरेलु तथा साना उद्योग हुन् । घरेलु तथा साना उद्योग संख्यात्मक हिसाबले धेरै दर्ता भएको देखिएपनी उद्यम गर्ने व्यक्ती कम हूँदै गएका छन् । स्थानियस्तरमा उत्पादन हुने वस्तु तथा स्थानियस्तरमा खोलिएका साना तथा घरेलु उद्यमहरुलाई सहयोग, प्रोत्साहन तथा अनुगमन गर्ने घरेलु तथा साना उद्योग कार्यालयले विभिन्न क्षेत्रमा काम गर्दै आएको छ ।

शुन्यबाट उद्यम सुरु गर्नेहरु देखी व्यवसायमा उत्कृष्ट काम गर्नेहरुलाई समेत घरेलु तथा साना उघोग कार्यालयले भरपुर सहयोग गर्दै आएको छ । प्रदेश सरकार मातहतको कार्यालयले प्रदेशले निर्धारण गरेका कार्यक्रमहरु गर्दै आएको छ ।

घरेलु तथा साना उघोग कार्यालय अर्घाखाँचीले उद्यमीलाई लक्षित गर्दै विभिन्न कार्यक्रम गर्दै आएको छ । बिगत दुई बर्ष भित्र विदेशबाट फर्किएका नागरिकलाई उद्यमी बनाउने, विपन्नमुखी आयमुलक सिप विकास तालिम, अगबत्ती, अचार बनाउने तालिम, मुडा, बाँसका हस्त सामाग्री बनाउने तालिम, च्याउखेती तालिम, अदुवा प्रशोधन तालिम लगायतका तालिम पनी दिदै आएको छ ।

सञ्चालन भएका उद्योगहरुको क्षमता विस्तार तालिम सञ्चालन गर्ने, खाद्यवस्तु उत्पादन गर्ने उद्यमीलाई तालिम, विभिन्न समुदाय लक्षित तालिमहरु समेत संचालन गर्दै आएको घरेलु तथा साना उघोग कार्यालय अर्घाखाँचीका प्रमुख केशव सुनारले जानकारी दिए ।

उद्योगहरुलाई केन्द्रिकृत गर्न औद्योगिकग्राम

उद्योगहरुलाई केन्द्रिकृत गर्ने उद्देश्य सहित आ.व २०७६/०७७ शितगंगा नगरपालिका–१३, थाप्लेबारीमा औद्योगिकग्रामको डिपिआर तयार गरेको छ । यस्तै यस आ.व २०७७/०७८ मा मालारानी गाउँपालिका र सन्धिखर्क नगरपालिकाको वाङलामा औद्योगिकग्रामको डिपिआर तयार गर्ने काम भईरहेको छ ।

औद्योगिकग्राम स्थापना भएपछी साना तथा घरेलु उद्योग स्थापनाका लागि उचित वातावरण व्यवस्थापन हुने लक्ष्य लिईएको छ । औद्योगिकग्राम स्थापना गरिए स्थानीयले गाउँमै रोजगारी पाउनुका साथै औद्योगिक क्षेत्रमा जिल्लाले छलाङ मार्ने कार्यालय प्रमुख सुनारले बताए ।

उपभोक्ता जागरुक गराउन सचेतना कार्यक्रम

घरेलु तथा साना उघोग कार्यालयले उपभोक्तालाई जागरुक गराउने उद्देश्यले ‘उपभोक्ता जागरण’ कार्यक्रम सञ्चालन गर्दैछ । बाणिज्य तथा आपुर्ती व्यवस्था अन्तर्गत जिल्लाका ६१ वटै वडामा उपभोक्ता जागरण सम्बन्धी बोर्ड र ब्यानरहरु राख्ने भएको छ । उपभोक्ता ठगिन नदिन सम्बन्धित निकायहरु सक्रिय रहेको र अनुचित सामान बिक्री नगर्न व्यवसायीहरुसँग आग्रह गर्दैे म्याद गुज्रेका सामानहरु बिक्री नगर्न पनि सबैलाई कार्यालयले अनुरोध गरेको छ ।

यस्तै कार्यालयको सक्रियतामा अर्घाखाँचीका १० ओटा विद्यालयहरुमा उपभोक्ता जागरण कार्यक्रम सञ्चालन गरिसकेको छ । उनीहरुलाई जागरुक गराउने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यालय प्रमुख सुनारका अनुसार अर्घाखाँचीका १० ओटा विद्यालयहरुमा ‘उपभोक्ता जागरण क्लब’ गठन गरिने छ । उपभोक्ता जागरण क्लब गठन गरेर सचेतना कार्यक्रमलाई व्रभावकारी बनाईने उनको भनाई छ ।

‘कोसेली–घर’ सञ्चालनको तयारी

उद्यमीले तयार पारेका स्थानियस्तरका चिजवस्तुहरु एकिकृत गर्ने, बजारिकरण र प्रदर्शनीका लागी ‘कोसेली–घर’ सञ्चालनमा ल्याउने भएको छ । जिल्ला भित्र उत्पादन भएका वस्तुहरु बिक्रीवितरण एकै स्थानबाट गर्ने उद्देश्यले कोसेली घर सञ्चालन गरिने घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

हाल कोसेली–घर बनाउन भवनको खोजी भईरहेको र भवन भेटिएपछी त्यसलाई सिंगारेर जिल्लामा उत्पादन भएका वस्तु तथा सामाग्री राखिने छ । कोसेली–घरमा जिल्लामा उत्पादन हुने सबै खाद्य वस्तु सिन्की, मसौरा, च्याउ, मह, ध्यु, अचार, चिप्स, माटाका भाँडा, हस्तकलाका सामान र धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलको बारेमा समेत जानकारी लिन सक्ने गरी व्यवस्था गरीने छ । कोसेली घरमा सबै सामग्री राखिने र विक्रिवितरणको व्यवस्था गरिने छ ।

कार्यालयमा कर्मचारीको अभाव तर सक्रिय

हाल कार्यालयमा दुई जना मात्र स्थायी कर्मचारी छन् । कार्यालयका प्रमुख र एक जना सुचना अधिकारी बाहेक कार्यालयमा अन्य स्थाई कर्मचारी छैनन् । कर्मचारी अभाव हुँदा कार्यसम्पादनमा प्रभाव पुगेको प्रमुख सुनारले बताए । ‘दुई जना स्थाई कर्मचारी सहित पाँच जना मात्र छौं, उनले भने,‘हुनुपर्ने ९ जना हो, त्यसैले अलीकती गाह्रो भएको छ ।’

मेनपावर कम भएपनी कार्यालयलाई चुस्तदुरुस्त राख्न भरपुर प्रयास गरिएको उनले बताए । सुसाशन कायम गर्न डिजिटल वडापत्र राखिएको, वेबसाईटबाट जानकारी दिने व्यवस्था गरिएको, ईमेल र फेसबुक पेजहरु बनाईएको उनले बताए । मुस्कान सहितको सेवा प्रदान गरिएको र सेवाग्राहीमैत्री कार्यालाय बनाउन आफु लागीपरेको उनको भनाई छ ।

कानुनमा स्पष्ट नतोकिएपनी जिल्ला प्रशासन कार्यालय र स्थानियतहहरुको समन्वयमा अनुगमन समेत गर्ने गरेको उनले बताए ।

घरेलुको आग्रह

घरेलु तथा साना उघोग कार्यालयलले पौष ९ गते सुचना जारि गरेर सर्वसाधारणलाई आव्हान गरेको छ । नयाँ उद्यम गर्न चाहानेलाई सहयोग गरिने बताईएको छ ।

 

कार्यालयलले मंसिर २९ गते सुचना जारि गरेर असार मसान्त भित्र सम्पर्क गर्न अर्को सुचना जारी गरेको छ ।

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post