नेकपा अर्घाखाँचीले सन्धिखर्कमा बृहत कार्यकर्ता भेला गर्ने

  

शोभाखर पन्थी 

अर्घाखाँची २ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीले शनिवार सन्धिखर्कमा बृहत कार्यकर्ताभेला गर्ने भएको छ । प्रचण्ड ,माधब समुह अलग्गै भएपछि नेकपाले पहिलोपटक सन्धिखर्कमा ठूलो संख्यामा कार्यकर्ता उतार्ने तयारी गरेको छ ।

यसअघि पालिका स्तरमा कार्यक्रम सम्पन्न गरेको नेकपाले ठूलो संख्यामा कार्यकर्ता सहभागी हुने भएपछि टुडिखेल मैदानमा कार्यक्रम गर्दैछ । कार्यक्रममा जिल्लाका पार्टी सदस्यलाई समेत आमन्त्रण गरिएको जनाईएको छ । बिहान ११ बजे सुरुहुने कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटीका सदस्य तथा उर्जा,जलश्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझी,पार्टी स्थायी कमिटीका सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल , स्थायी कमिटीका सदस्य तथा खानेपानी तथा सरसफाइ मन्त्री मणि थापा लगायतका नेताहरूले सम्बोधन गर्ने नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले बताए ।


यसैबीच नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट राष्ट्रिय युवासंघ नेपालले आज सन्धिखर्कमा मोटरसाइकल र्याली गरेको छ । भोलीको कार्यक्रमलाई लक्षित गरि संचालित र्यालिमा सन्धिखर्क बजार क्षेत्रका दर्जनौं युवाहरूको सहभागीता रहेको थियो ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post