भ्रमको खेतीको पछि नलाग्न राष्ट्रिय सभा सदस्य खड्काको आग्रह

  
भ्रमको खेतीको पछि नलाग्न राष्ट्रिय सभा सदस्य खड्काको आग्रह

काठमाडौँ ९ माघ । राष्ट्रिय सभा सदस्य तथा नेकपाका नेता चन्द्रबहादुर खड्काले आफ्ना विषयमा भ्रमको खेती गर्ने सिमित व्यक्तिका पछि नलाग्न आम नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसवुकमा स्टाटस पोष्ट गर्दै खडकाले आफूले लिएको निर्णयमा पश्चताप नरहेको भन्दै स्वाभिमान नगुमाएको बताएका छन् । आफू षडयन्त्र र छलछाममा नलाग्ने भन्दै उनले कर्तव्यबोधबाट कहिल्यै च्युत नहुने स्पष्ट पारेका छन् ।

‘व्यक्तिगत स्वार्थमा कहिल्यै लोभिएको छैन, अवसरको पछाडि कहिल्यै दैडिएको छैन’ उनले लेखेका छन्, ‘तर केहि खुरापातहरुले उज्ज्वललाई मन्त्री नदिएर, ४ नम्बरको केन्द्रीय सदस्यमा राखेको कारण डिप्रेसन भएको छरे, फर्कने मन बनाएको छरे ।’ खडकाले अनावश्यक प्रचार गर्नेलाई नै कतै डिप्रेसन त भएन ? भनि प्रश्न गरेका छन् ।

उनले कुप्रचार गर्नेको स्वास्थ्यमा ध्यान पुर्याउन आफन्तलाई आग्रह समेत गरेका छन् । ‘अन्त्यमा म जहाँ छु, ठिक छु र खुसी छु’ उनले लेखेका छन्, ‘उसको बारेमा धेरै चिन्ता लिनु पर्दैन अरे भनेर सुनाई दिन पनि अनुरोध गर्दछु ।’ सांसद खडका पूर्व माओवादी खेमाबाट केपि ओली समूहमा समाहित नेता हुन् । सांसद पदमा वहाल खडका पदको लागि वार्गेनिङ गरेको भए सजिलै मन्त्री हुन सक्थे, उनी पदका लागि मरिहत्ते गर्ने नेता होइनन् ।


निस्वार्थी र स्वच्छ छवीका त्यागी नेता खडकालाई पद नपाएर निराश बनेको भनेर कुप्रचार गरिनुका पछाडी कुनै सत्यता नभएको नेकपा अर्घाखाँचीका अध्यक्ष तथा प्रदेश सांसद चेतनारायण आचार्यले बताए ।

अर्घाखाँची जिल्लामा विगठित प्रतिनिधिसभाका सांसद तथा उर्जामन्त्री टोपबहादुर रायमाझी, राष्ट्रिय सभाका सांसद चन्द्रबहादुर खडका, प्रदेश सांसदहरु चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, जाल्पा भुसाल सहित सबै सांसदहरु र अधिकांश नेता, कार्यकर्ता ओली समूहमा लागेपछि पार्टी एकढिक्का बन्न पुगेको छ ।

फरक समूहका व्यक्तिले भ्रम सिर्जना गरेर नेताहरुलाई विभाजन गर्ने प्रयास गरे पनि कुनै पनि हालतमा सफल नहुने ओली समूहका नेता कार्यकर्ता बताउँछन् ।

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय