नेपाल सरकारबाट सुचिकृत अर्घाखाँचीको प्रसिद्व सुपा देउराली मन्दिर
सिमान्त मरासिनी
नेपाल सरकारबाट सुचिकृत सयौ गन्तब्य स्थल मध्येको एक प्रसिद्व मन्दिर सुपा देउराली मन्दिर पुर्व पश्चिम राजमार्ग अन्र्तगतको गोरुसिंङ्गे सन्धिर्खक सडक अन्र्तगत सडक किनार अवस्थित छ |
वि.सं.१९१६ मा बाईसे चौबिसे राज्य अन्र्तगत खाँचीकोटका राजकुमारले बलरामपुरकी राजकुमारी लाई झुक्याएर बिबाह गरी राजकुमारको घर तर्फ लैजादै गर्दा यस स्थानमा आएर राजकुमारीको अचानक निधन भएको र कालान्तरमा उनि देविको रुपमा प्रकट भएको किम्बदन्ति रहेको छ । यस स्थानमा प्राचिन शैलीमा मन्दिर स्थापना भएसंगै दैनिक १००० जना दर्शनार्थीले दर्शन गर्ने र त्यसबाट आएको भेटीबाट समाजमा उल्लेख्य कार्य गरेकोे यस मन्दिर संरक्षण समितिका अध्यक्ष प्रितम थापा बताउंनु हुन्छ । अर्घाखाँचीको संन्धिर्खक नगरपालिका र सितंगंगा नगरपालिको सिमानामा पर्ने यस मन्दिरको आम्दानी बाट श्री आर्दश मा.वि खाँचीकोट र सितापुरको शान्ति आधारभुत विद्यालय सञ्चालनमा छन् । यसका साथै खानेपानी,बिजुली,टेलिफोन लगायतमा थुर्पै सामाजिक कार्यमा यस मन्दिर आम्दानी लाई लगानी गरिएको छ । तर अहिले कोरोना (CoVid-19) को त्रासले कहि कार्यहरु परिर्वतन भएको सम्पुर्णमा जानाकारी गराउदछौ ।
थप जानकारीको लागि निम्ननम्बरमा सम्र्पक राख्न सक्नु हुनेछ । ९८६७१८४१६१,९८५७०६३५४७,९८५१०३७८८९
प्रतिकृया दिनुहोस