बेरुजुलाई शुन्यमा झार्दै सन्धिखर्क नगरपालिका

  
बेरुजुलाई शुन्यमा झार्दै सन्धिखर्क नगरपालिका

अर्घाखाँची ८ फागुन । सन्धिखर्क नगरपालिकाले बेरुजु शुन्यमा झार्ने लक्ष्य राखेको छ । नगर कार्यपालिकाको बैठकले बेरुजु निरुत्साहित गर्ने निर्णय गरेपछि बेजुरु शुन्यका लागि आवश्यक पक्रिया अघि बढाइएको छ । सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बेरुजु शुन्यका लागि विशेष कार्ययोजनाका साथ अघि बढ्नुपर्ने प्रस्ताव कार्यपालिका बैठकमा लगेपछि निर्णय गरेर कार्यान्वयन गरिँदै छ ।

सन्धिखर्क नगरपालिकाको हाल सम्मको बेरुजु १ करोड ७३ लाख ६ हजार रहेको छ । ०७७÷०७८ को बेरुजु समपरिक्षणका लागि कागजात तयार गरि पेश गर्ने अवस्थामा रहेको आलेप सहायक विश्वराज ज्ञवालीले बताए । नगद दाखिला गरि असुल गर्नका लागि १ हजार २ सय बैंक भौचर संग्लग्न गरिएको उनले बताए ।
पेश गर्नका लागि तयारी अवस्थामा रहेको ७२ लाख ८६ हजार ५ सय ८१ गरि जम्मा बेरुजु ७२ लाख ७८ हजार ८ सय ६६ को सम्परिक्षण तयारी अवस्थामा रहेको छ । सबै वडा कार्यालयका लागि पनि बेरुजुको अवस्था बारे जानकारी गराउन भनिएको छ ।

सरल अर्थमा रुजु हुन नसकेको आर्थिक कारोबारलाई बेरुजु भनिन्छ । सर्वप्रथम बेरुजुको परिभाषा सरकारी रकम असुल फछ्र्यौट नियम २०२७ मा भएको पाइन्छ । यस नियमको परिभाषा अनुसार बेरुजु भन्नाले आन्तरिक लेखा परीक्षण वा अन्तिम लेखा परीक्षणबाट देखिएको वा ठहरिएको कुनै सरकारी आर्थिक कारोबारको अनियमित रकमलाई सम्झनुपर्छ भनि उल्लेख छ ।

आर्थिक कार्यविधि ऐन २०५५ अनुसार बेरुजु भन्नाले प्रचलित कानुन बमोजिम पु¥याउनु पर्ने रीत नपुरयाई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँल्याएको वा ठहराएको कारोबारलाई सम्झनु पर्दछ भनी उल्लेख गरेको छ ।

सार्वजनिक निकायले कुनै आर्थिक वर्षमा गरेको आर्थिक कारोबारको विषयमा उक्त निकायको उद्देश्य तथा कार्यक्रम अनुसार प्रचलित ऐन नियम बमोजिम कारोबार नगरेको,राख्नु पर्ने लेखा नराखेको वा त्रुटि र अनियमित तरिकाले आर्थिक कारोबार गरेको भनी आन्तरिक लेखा परीक्षण तथा अन्तिम लेखा परीक्षणबाट औँल्याइएको कैफियतलाई बेरुजु भनिन्छ । बेरुजु हुनु भनेको आर्थिक सुशासनलाई कमजोर बनाउनु र आर्थिक अनुशासन उल्लङघन गर्नु हो । तर बेरुजु निस्कदैमा आर्थिक हिनामिना नै भई सक्यो भन्न सकिँदैन । यसलाई जतिसक्यो छिटो नियमित गरिनुपर्दछ ।

नगर प्रमुख कमल प्रसाद भुसालले बेरुजु शुन्य नगरपालिका घोषणा गर्नका लागि बेरुजु फछ्र्यौटको कार्ययोजना बनाएर अगाडि बढको भन्दै बेरुजुको स्पष्ट लगत राखिएको बताए । उनले बेरुजुको प्रकृति अनुसार बेरुजु रकम हुनेहरुलाई नियमित गर्नको लागि फलोअप गरिएको जानकारी दिए ।
उपप्रमुख ठाकुर कुमार विकले नपुगेका कागजहरु माग गरिएको भन्दै प्रकृति अनुसार बेरुजु दाखिला गर्न लगाइएको बताए । उनले आर्थिक अनुशासन कायम गर्नका लागि आन्तरिक परिपत्र गरिएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत सापकोटाले आफूले नियमित अनुगमन गरिरहेको बताउँदै कानुनको पालनामा संवेदनशिलता अपनाइएको जिकिर गरे । अब देखि आर्थिक कारोवार गर्दा बेरुजुनै नहुने गरी कार्य सम्पादन गर्ने भन्दै स्वीकृत कार्यक्रम र प्रचिलित ऐन नियमको पालनामा कडाई गरिने बताए ।
‘हिसाबहरुमा जानी वा नजानी त्रुटि हुन सक्ने हुँदा आन्तरिक नियन्त्रण तथा आन्तरीक जाँचको व्यवस्थालाई प्रभावकारी बनाइएको छ’ उनले भने ‘आन्तरिक लेखापरीक्षणले औंल्याएका बेरुजु अन्तिम लेखापरीक्षण हुनु अगाडि नै फछर्यौट गर्ने गरिएको छ ।’ आलेप सहायक ज्ञवालीले आम मानिसमा बेरुजु प्रतिको बुझाइमा अन्यौलता रहेकोले बेरुजु प्रतिको बुझाईमा स्पष्ट हुनु पर्ने बताए ।

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय