गायिका अन्जु पन्त र थिर कोइराला वैवाहिक जीवनमा बाँधिएका छन् । विगत एक वर्षदेखि प्रेममा रहेका पन्त र कोइरालाले आज विवाह गरेका हुन् ।

केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने बिषयमा कुराकानी भएपनि मिति पक्का नभएको बताउँदै आएकी थिइन् । दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरेको बुझिएको छ । अन्जु र थिरको बिहेलाई गोप्य राख्ने प्रयास गरिएको थियो ।
गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो ।
अन्जु र थिरको बिहे मिति केही समय अगाडि नै तय भएको थियो ।

उनै, अन्जु र थिरले बुधबार फ्यानलाई सरप्राइज दिए ।
पाटनको एक चर्चमा उनीहरुले क्रिश्चियन परम्परा अनुसार बिहे गरे । बिहेमा दुबै जनाका परिवार र आफन्तमात्र उपस्थित थिए ।
